धादिङमा बस र माइक्रोबस ठोक्किँदा २ जनाको मृत्यु, ३२ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

धादिङमा बस र माइक्रोबस ठोक्किँदा २ जनाको मृत्यु, ३२ घाइते

accident

धादिङ, १५ असार । धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरस्थित पृथ्वी लोकमार्गमा बस र दुईवटा माइक्रोबस ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट चितवन तर्फ जाँदै गरेको लु १ ख ९०७९ नम्बरको बस र चितवनबाट काठमाडौं आयँदै गरेको बा ३ ख १००४ नम्बरको र बा २ ख ४५६७ नम्बरको माइक्रो बस आपसमा ठक्कर खाँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाइको छ । दुर्घटनामा ती तीनवटा गाडीमा यात्रा गर्ने ३२ जना घाइते भएका छन् ।

घाइतेमध्ये १८ जनालाई उपचारका लागि काठमाडौं ल्याइको छ । ७ जनाको गजुरी अस्पतालमा २ जनाको चरौंदी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ३ जना सामान्य उपचारपछि घर फर्किएका छन् । माइक्रोबसले बसलाई ओभरटेक गर्न खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);