भक्तपुर र सिन्धुलीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

भक्तपुर र सिन्धुलीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं। भक्तपुर र सिन्धुलीमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरस्थित सडकमा बा.४ ख २२१२ नम्बरको बस र बा.७८ प १०८३ नम्बरको स्कुटर मंगलबार ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कुटरमा सवार जडिबुटी बस्ने रामेछाप घर भएकी १९ वर्षीया रेजिना तामाङ रहेकी छन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको भक्तपुर इन्टरनेशनल अस्पताल कौशलटारमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सिन्धुलीको सुनकोसी गाउँपालिका–६ सितलपाटीस्थित सडकमा बागमती प्रदेश–०१–०२५ च १९५३ नम्बरको पिकअप भ्यान बुधबार विहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भ्यानका चालक सिरहा बिसनपुरकट्टी बस्ने २९ वर्षीय बल बहादुर लामा रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भ्यान अनियन्त्रीत भई सडकबाट करिव १५० मिटर तल खसेको थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);