शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशी सम्मानित | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशी सम्मानित

satyamohan joshi sammanit

ललितपुर,  १५ असार । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान गरेको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आईतबार ललितपुरको बखुम्बहालस्थित निवासमै पुगेर जोशीलाई अभिनन्दन पत्रसहित सम्मान गरेको हो ।

नेपाल र नेपाली भाषा, कला र संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउनु भएका संस्कृतिविद् जोशीलाई अभिनन्दन पत्रसहित सम्मान गरिएको प्रतिष्ठानका कूलपति के. के कर्माचार्यले बताउनु भयो ।

कार्यक्रममा अभिनन्दित व्यक्तित्व जोशीले देश र जनताको हितमा केन्द्रित हुने गरी कला क्षेत्रको विकासमा जुटन ललितकलाकर्मीहरुलाई आग्रह गर्नु भयो । उहाँले कलामा सौन्दर्य मात्र नभई मुलुकको समृद्धि, सभ्यता र संस्कृति पनि निहीत हुने भएकाले त्यसमा जोड दिएर लाग्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

संस्कृतिविद् जोशीले कला क्षेत्रको विकासबाट मुलुकको राष्ट्रिय एकतालाई पनि बलियो बनाउन सकिने स्मरण गराउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);