कपिलवस्तुको मालपोत कार्यालयमा आगलागी, १० लाख बराबरकाे क्षति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कपिलवस्तुको मालपोत कार्यालयमा आगलागी, १० लाख बराबरकाे क्षति

kapilvastu malpot aaglagi

कपिलवस्तु,  १५ असार । भूमिसुधार तथा मालपोत कार्यालय कपिलवस्तुमा आइतबार बिहान आगलागी भएको छ । कपिलवस्तुको सदरमुकाम तौलिहवामा रहेको कार्यालयको माथिल्लो तल्लामा रहेको कार्यालय प्रमुखको कार्यकक्षमा आगलागी भएको हो ।

आगलागीका कारण झण्डै १० लाख रुपैयाँ बराबरकाे क्षति भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशमशेर जबराले जानकारी दिनुभएको छ ।

बिहान पौने ८ बजेदेखि लागेको आगो प्रहरी, कपिलवस्तु नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आधा घण्टापछि नियन्त्रणमा आएको थियो । आगलागीबाट कम्प्युटर, प्रिन्टर मेसिन, फोटोकपी मेसिन, फर्निचर पुर्णरुपमा नष्ट भएका छन । विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले अनुमान गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);