इलामको गजुरमुखी डेरी उद्योगमा आगलागी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

इलामको गजुरमुखी डेरी उद्योगमा आगलागी

इलाम, १ चैत । इलामको देउमाई ४ मंगलबारे बजार नजिकै रहेको गजुरमुखी डेरी उद्योगमा आगलागी भएको छ । तल्लो बुधबारेमा रहेको डेरी उद्योगमा शनिबार दिउँसो आगलागी हुँदा दुध पेल्ने मेसिन, घिउ, छुर्पी लगायतका सामान जलेर नष्ट हुँदा ७० लाख माथीको क्षति भएको देउमाई नगरपालिका ४ का वडाध्यक्ष राजेन्द्र बाँस्तोलाले जानकारी दिनुभयो ।

स्थानीय अशेष बुढाथोकीले सञ्चालन गरेको डेरी उद्योगमा आगलागी भएको हो । आगलागी अपरान्ह साढे चारबजे नियन्त्रणमा आएको थियो । प्रहरी र स्थानियले आगो नियन्त्रणमा लिएका हुन् ।

देउमाई नगरपालिकामा दमकल नहुँदा इलाम नगरपालिकाको दमकल पठाइएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);