विद्यालयमा निःशुल्क स्यानेटेरी प्याड वितरणले छात्रालाई राहत | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

विद्यालयमा निःशुल्क स्यानेटेरी प्याड वितरणले छात्रालाई राहत

बाजुरा, १ चैत । नेपाली ग्रामीण क्षेत्रका बिद्यालय अझैपनी वालिकामैत्री बन्न सकिरहेका छैनन् । ग्रामिण छात्राहरु अहिले पनी रजस्वलाको ४ देखी ५ दिनसम्म बिद्यालय छाड्न बाध्य छन् । कारण हो, सुरक्षीत शौचालय र सेनेटरी प्याडको समस्या ।

बाजुराका अधिकांस बिद्यालयमा यस्तै समस्या रहेका बेला केही बिद्यालयले भने निशुल्क प्याड बितरण गर्न थालेका छन्। यसले बिद्यालयमा छात्राको संख्या बढ्दै गएको छ ।

बाजुराको बुढीगंगा नगरपालिका ४ स्थित कोटबाडाकि १४ वर्षीया स्वस्तिका नेपाली राजेन्द्र आधारभुत निम्न माध्यमिक विद्यालयको कक्षा ८ मा पढ्छिन् । केही समय अगाडीसम्म उनलाई महिनावारी हुँदा गाउँ नजिकै रहेको विद्यालयमा जाने कि नजाने, गएपनि कसरी कक्षामा बस्ने र पढ्ने भन्ने चिन्ताले सताउँथ्यो ।

नेपाली जस्तै कक्षा ८ मा अध्ययनरत छात्रा संगिता रावतको पनी पहिला महिनामा एक साता बढीको पढाई छुट्थ्यो । तर अहिले विद्यालयमा निशुल्क सेनेटरी प्याड दिएपछि त्यहाँका छात्राको समस्या र महिनावारी हुँदा भोग्नुपर्ने तनाव हराएको छ ।

महिनावारीको समयमा छात्राहरु विद्यालय नै नआउने र आएका पनि कक्षा छाडेर घर फर्किने गरेका थिए । अहिले भने बुढीगंगा नगरपालिकाको राजेन्द्र निम्न माध्यमिक विद्यालयमा दुई वटा गैरसरकारी संस्थाले संचालन गरेको सामुदायिक विकास परियोजना अन्तर्गत विद्यालयमा महिनावारी स्वच्छता र व्यवस्थापन सम्वन्धि सेनेटरी प्याड, शौचालय, खानेपानी र महिनावारी भएकी छात्राहरुले प्रयोग गरिसकेको प्याडलाई व्यवस्थापन गर्नका लागि आवश्यक सहयोग गरेकाले छात्राहरुलाई सहज भएको छ ।

विद्यालयमा महिनावारी भएको बेला छात्राहरुका लागि सेनेटरी प्याड, महिनावरी हुँदा हुने समस्याका लागि आवश्यक औषधि, विद्यालयमै विरामी हुँदा आराम कक्षको व्यवस्था गरिएको छ ।

यसका साथै विद्यालयले महिनावारी हुँदा नियमित सरसफाईमा ध्यान दिनु पर्छ भनेर विभिन्न जनचेतना समेत फैलाइँँदै आएको छ ।

ग्रामिण क्षेत्रमा अझैपनी महिला सशक्तिकरणको अभियान प्रभावकारी बन्न सकेको छैन । बल्लतल्ल बिद्यालयमा पुगेका छात्राको समेत महिनावारीका कारण पढाईमा असर परिरहेका बेला बाजुराका बिद्यालयमा सुरु भएको यो अभियान सकारात्मक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);