राष्ट्रपतिद्वारा कोरोनाको संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउन आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

राष्ट्रपतिद्वारा कोरोनाको संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउन आह्वान

Bidhya-Bhandari

काठमाडौं, १ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘कोरोनाभाइरस’को संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउन आह्वान गर्नुभएको छ ।

शनिबार ट्वीटमार्फत् राष्ट्रपति भण्डारीले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट बच्न आवश्यक उपायहरू अवलम्बन गर्न सबैलाई आग्रह गर्नुभएको हो ।

उहाँले कोरोना भाइरस विरुद्धको विश्वव्यापी अभियानमा सबैलाई एकजुट हुन समेत आह्वान गर्नुभएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);