पाल्पा रामपुरको तालपोखरामा आन्तरिक पर्यटकको संख्या बढ्दै | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

पाल्पा रामपुरको तालपोखरामा आन्तरिक पर्यटकको संख्या बढ्दै

पाल्पा, १ चैत । कास्कीको फेवाताल जस्तो स्वरुप र शैली भएको पाल्पा रामपुरको तालपोखरामा आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ । नेपाल सरकारको एक सय वटा पर्यटकीय गन्तव्यका रुपमा तालपोखरा पनि छनोटमा पर्न सफल भएपछी त्यहाँ पुग्ने पर्यटकको संख्यामा बृद्धी भएको हो ।

नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० कोरोनाका कारण प्रभावित भएपछी सरकारले आन्तरीक पर्यटन प्रवर्द्धनको नीति लिएको छ । सोही अनुरुप ताल पोखरा स्थानिय पर्यटन विकास समितीले पर्यटन प्रवर्द्धनका लागी प्रचार प्रसारका कृयाकलाप अगाडि बढाएपछि तालपोखरामा आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ । पोखराको झझल्को दिनेगरि ताल, मन्दिरसम्म पुग्नका लागी डुंगाको व्यवस्थापन गरिएको छ ।

२०६६ सालबाट सुरुवात गरिएको र प्रारम्भमा यहि स्थानमा महायज्ञ गरि महायज्ञबाट संकलीत रकमबाट पूर्वाधार निर्माणको थालनी भएको हो । झण्डै सत्तरी रोपनी क्षेत्रफलमा फैलिएको तालपोखरामा दैनिक दुईसय भन्दा बढी आन्तरिक पर्यटकहरु आउने गरेका छन् ।

तालमा साना–ठूला गरि ६ वटा ढुंगा सञ्चालनमा आएका छन् । ढुंगा सयर, मन्दिर दर्शनका लागी टिकटको व्यवस्थापन गरिएको र टिकट विक्रीबाट संकलीत रकम मध्य मासिक रुपमा एक लाख पैतीस हजार रुपैयाँ वचत हुने गरेको व्यवस्थापन समितिले जनाएको छ ।

तालको स्तर उन्नतीका लागी यस आर्थीक वर्षमा रामपुर नगरपालिकाले २० लाख र पर्यटन वोर्डको २० लाख रुपैयाँ खर्च गरेका छन् ।

तालपोखरामा डुंगा सयरको कार्यक्रम रामपुर नगरले गत वर्षबाट आरम्भ गरेको हो । ढुंगा सयर गर्नका लागी स्याङ्जा, तनहँु, पूर्वी नवलपरासीबाट समेत ठूलो संख्यामा आन्तरिक पर्यटकहरु आउने गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);