कोटेश्वर–कलंकी सडकमा बेलुकाको यात्रा जोखिमपूर्ण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

कोटेश्वर–कलंकी सडकमा बेलुकाको यात्रा जोखिमपूर्ण

kalanki-koteshor

काठमाडौं, २ चैत । फराकिलो, स्तरीय र सुन्दर १ कुनै विकसित देशको भन्दा कम राम्रो देखिँदैन । हो, यो चक्रपथको कोटेश्वरदेखि कलंकीसम्मको सडकको बयान हो ।

त्यसको दृश्य यस्तै मनमोहक देखिन्छ । अझ नेपालमै पहिलोपटक बनेको भनिएको कलंकीको अन्डरपासले ध्यान तानिरहेकै छ । तर यस्तो सुन्दर देखिने फराकिलो र स्तरीय सडकभित्र जोखिमको कहर भने लुक्न सकेको छैन ।

चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको यस सडक खण्डमा सुरक्षाका लागि चाहिने आधारभूत वस्तुहरु जेब्राक्रस रेखा, डिभाइडर आकासे पुल, ट्राफिक संकेत, ट्राफिक लाइट, फुटपाथ आदि नबन्दा जोखिम बढेको बढै छ । यो समाचार आजको नेपाल समाचारपत्रमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);