सिटी रिक्साले गर्दा पूर्वी सुन्दर सहरहरु कुरूप बन्दै (एक रिपोर्ट) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सिटी रिक्साले गर्दा पूर्वी सुन्दर सहरहरु कुरूप बन्दै (एक रिपोर्ट)

सुनसरी । पछिलो समय तीन चक्के अटो रिक्सा, सिटी सफारी अहिले पूर्व सुनसरी लगायतका मुख्य सहरहरूमा टाउको दुखाइको विषय बन्न थालेको छ । विद्युतबाट चल्ने सिटी रिक्साले गर्दा पूर्वीको सुन्दर सहरको नामले चिनिएका सहरहरू कुरूप बन्दै गएको हो ।

नियमन र नियन्त्रण गर्नुपर्ने निकायले आँखा चिम्लिदा सहरी क्षेत्रमा सिटी सफारीले गर्दा पूर्वको सहको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्दै गएको छ । जसको ज्वलन्त उदाहरण हो सुनसरीको इटहरी उपमहानगरपालिका ।

२ वर्ष अघिसम्म इटहरी उपमहानगर र प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले नियमन र व्यवस्थापन गर्दै आएका थिए । तर केही समय पस्चात दुवै निकायले ब्याबस्थापनमा चासो नदिएपछि इटहरी सहरकालागि सफारी व्यवस्थापन चुनौतीको विषय बन्न पुगेको छ । समाधानतर्फ चासो राख्ने निकायहरू मौन रहँदा सर्वसाधरणहरूले दिनहुँ सास्ती खेप्नु परिरहेको छ ।

लाइसेन्ससमेत नभएका चालकहरूले मुख्य सडकमै चलाउँदा दुर्घटनाको जोखिम उच्च भएको छ भने सवारीको चाप हुने मुख्य सडकमा सिटी सफारी जथाभाबी रोक्ने र ट्राफिक नियम विपरीत कुदाउने गर्दा सडक जामको समस्या झेल्नु परेको स्थानीय राजन राईले बताए ।

सवारी साधनको चापले दिन प्रतिदिन सडक साँघुरो हुँदै गइरहेका बेला पछिल्लो समय भित्रिएका सिटी सफारीका कारण सडक क्षेत्रमा थप समस्या उत्पन्न भएको छ । साँघुरो र अस्तव्यस्त बन्दै गएपछि सडक व्यवस्थापनको जिम्मा पाएको ट्राफिक प्रहरीलाई पनि समस्या हुन थालेको छ ।

विश्वभर महामारीका रूपमा फैलिएको करोना भाइरसले गर्दा समेत चेक जाँचमा समस्या आएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरी जानकारी दिएको छ । आवश्यक भन्दा धेरै सफारीकाले गर्दा मुख्य सडकमा दुर्घटनाको जोखिमसमेत बढिरहेकाले कारबाही प्रक्रिया अगाडी सरेहको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता सुमनकुमार तिम्सिले बताए ।

रुट पाएको स्थानीय तह भन्दा बाहिर गएर यात्रु ओसार पसार गर्न पाइदैन् । तर इटहरीमा भने अन्य स्थानमा रुट पाएका सफारी खुल्लेहाम कुद्ने गरेको पाइएको छ । यस विषयमा सम्बन्धित निकायले बेलैमा ध्यान दिन आबश्यक छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);