अनुचित रुपमा हुने आगमन र प्रस्थान नियन्त्रण र नियमन गर्न चूनौतीपूर्ण : अध्यागमन विभाग | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०७९, आइतबार

अनुचित रुपमा हुने आगमन र प्रस्थान नियन्त्रण र नियमन गर्न चूनौतीपूर्ण : अध्यागमन विभाग

काठमाडौं, ८ मंसिर । भारतसँगको खुला सीमानाका कारण अवैध रुपमा नेपाल आउने विदेशी र नेपालबाट तेस्रो मुलुक जानेहरुलाई नियमन गर्न चुनौतीपूर्ण बन्दै गएको छ । दक्षिणतर्फ खुला सीमाना भएका कारण अनुचित रुपमा हुने आगमन र प्रस्थानलाई नियन्त्रण र नियमन गर्न चूनौतीपूर्ण रहेको अध्यागमन विभागको ठहर छ ।

नेपाल भारत सीमानामा विभिन्न ८ स्थानमा अध्यागमन कार्यालय भएपनि धेरै ठाउँबाट सहज आवागमन हुने भएकाले निगरानी राख्न चुनौतीपूर्ण बन्दै गएको हो । विभागका महानिर्देशक रमेश कुमार केसी नेपाल प्रवेश गर्ने खुला ठाउँ धेरै हुनु र अध्यागमन कार्यालय सिमित मात्रामा हुनुले आवागमनमा निगरानी राख्न नसकिएको बताउँनुहुन्छ ।

विधायन व्यवस्थापन समितिको बैठकमा अध्यागमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा उहाँले पर्यटक र अध्ययन भिसामा नेपाल आएर धर्म प्रचार गर्ने लगायतका अनुचित काम गर्दै आएको पाइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘विदेशहरुले नेपालमा के कस्ता गतिविधि गर्छन् । पर्यटक भिसा, अध्ययन भिसा लिएर अन्य गतिवधि गर्छन् । बेला बेला धर्मचार देखि लिएर अन्य कुरा गरेको देखिन्छ । त्यसैले विदेशीहरुको दायित्वलाई एकीकृत गर्न चुनौतीपूर्ण देखिएको छ । ’’

भिसा शुल्क र अन्य शुल्क मार्फत प्रतिवर्ष २ अर्ब बढी राजस्व संकलन हुँदै आएको छ । महानिर्देशक केसीले गत वर्ष मात्रै २ अर्ब ३२ करोड राजस्व संकलन भएको बताउनुभयो । यस्तै आर्थिक वर्ष २०७५-०७६ मा २ अर्ब ७४ करोड, ०७४-०७५ मा २ अर्ब ४५ करोड, ०७३-०७४ मा २ अर्ब २३ करोड राजस्व संकलन भएको बताउनुभयो ।

अध्यागमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अहिले विधायन व्यवस्थापन समितिमा छलफलका क्रममा रहेको छ । समितिको बैठकमा सांसद रामनारायण विडारीले खुला सीमानाको फाइदा उठाउँदै नेपालमा आएर बसेकाहरुले नेपालबाटै विदेश जान्छु भन्यो भने के गर्छ नेपालले ? भन्ने विषय पनि ऐनमा समेट्नु पर्ने बताउनुभयो ।

सांसद विमला राई पौड्यालले कुनैपनि भिसा लिएर विदेश गएका र अलपत्र रहेका नागरिकहरुलाई स्वदेश फर्काउने हकमा अध्यागमन विभागले के काम गर्ने गरेको छ भन्दै प्रश्न गर्नुभयो ।

नेपालमा वर्षेनी लाखौँ पर्यटक गरेका छन् । ती मध्ये सबैभन्दा बढी पर्यटक भारतबाट (२१ प्रतिशत) आउने गरेका छन् । यस्तै चीनबाट १४ प्रतिशत आउने गरेका छन् । यो वर्ष अक्टोबर सम्म विभिन्न देशबाट २ लाख २ हजार पर्यटक नेपाल आएका छन् ।

सन् २०१९ मा ११ लाख ९७ हजार र २०१५ मा ६ हजार ३८ हजार पर्यटन नेपाल भित्रिएका छन् । २०१९ देखि आजसम्म विभिन्न कसुर गरेका ६ सय ७६ जन विदेशीहरुलाई देश निकाला गरिएको छ ।

Leave a Reply