विदेशी नागरिकलाई नेपाल प्रवेशमा मंसिर ३० गतेसम्म रोक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

विदेशी नागरिकलाई नेपाल प्रवेशमा मंसिर ३० गतेसम्म रोक


विदेशी नागरिकलाई नेपाल प्रवेशमा मंसिर ३० गते मध्यरातसम्म रोक लगाईएको छ । सरकारले नेपाल प्रवेश गर्ने सवै प्रवेशविन्दु र खुला सिमानाकाको जुनसुकै ठाउँबाट हुनसक्ने आगमन मंसिर ३० गते सम्म रोक्ने निर्णय गरेको हो ।

सो निर्णय ०७७ कार्तिक २४ मा मन्त्रिपरिषद् बैठकले गरेको निर्णयको निरन्तरता भएको अध्यागमन विभागद्वारा जारी सूचनामा उल्लेख छ । तर, नेपालस्थित विदेशी कुटनीतिक नियोग, अन्तर्राष्ट्रिय संघसंस्था र गैर सरकारी संस्थामा काम गर्ने विदेशी र उनिहरुका परिवार भने ७२ घण्टाभित्रको ‘नेगेटिभ पिसिआर परिक्षण रिपोर्ट’ देखाएर नेपाल आउन सक्ने विभागद्वारा जारी सूचनामा उल्लेख छ ।

विभागका अनुसार ५ वर्षमुनिका बाल बालिकाको हकमा भने पिसिआर रिपोर्ट आवश्यक पर्नेछैन । अन्य विदेशी नागरिकललाई संस्थागत सिफारिसका आधारमा मात्र आगमन बिन्दुमा भिसा प्रदान गरिने सूचनामा भनिएको छ ।

परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय वा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय वा विदेशस्थित नेपाली कुटनैतिक नियोगको पूर्व स्वीकृति भए मात्र आगमन विन्दुमा भिसा जारी गरिने सूचनामा उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);