नेपाल सहित १४ मुलुकका विदेशी यात्रुलाई कतार प्रवेशमा रोक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

नेपाल सहित १४ मुलुकका विदेशी यात्रुलाई कतार प्रवेशमा रोक

एजेन्सी, २६ फागुन । कोरोना भाइरस कोभिड–१९ को रोकथामका लागि भन्दै कतारले नेपालसहित १४ मुलुकका यात्रुमाथि प्रवेशमा रोक लगाएको छ ।

आइतबार कतार सरकारले सूचना जारी गर्दै प्रवेशमा अस्थायी रोक लगाएको हो । रोक लगाइएका मुलुकहरुमा नेपाल‚ भारत‚ इरान‚ लेबनान‚ चीन‚ इजिप्ट‚ इराक, बंगलादेश‚ पाकिस्तान‚ फिलिपिन्स‚ दक्षिण कोरिया‚ श्रीलंका‚ सिरिया र थाइल्याण्ड रहेका छन् ।

कतार एयरवेजले यसअघि नै इटालीका लागि सबै उडान बन्द गरिसकेको छ । कतारको सार्वजनिक स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार बिहानसम्म १५ जनामा संक्रमण पुष्टि भएको छ ।

तीमध्ये तीनजना आप्रवासी कामदारलाई पनि कोभिड–१९ को संक्रमण भएको पुष्टि गरेको छ । कतारमा झन्डै चार लाख नेपाली कार्यरत छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);