राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक कोजीलाई नेपाल प्रवेशमा रोक | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक कोजीलाई नेपाल प्रवेशमा रोक

प्रसन्न ढुंगाना
काठमाडौं, ५ भदौ । अध्यागमन विभागले नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यातुकी कोजीलाई नेपाल प्रवेशमा रोक लगाएपछि अखिल नेपाल फुटबल संघलाई नयाँ प्रशिक्षक नियुक्तिका लागि दबाव बढेको छ ।

पर्यटक भिषामा नेपालमा बस्दै आएका कोजीले श्रम स्वीकृति बिनानै काम गरिरहेको भन्दै अध्यागमन विभागले गत महिना नेपाल प्रवेशमा रोक लगाएको थियो ।

एसियन गेम्सका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यातुकी कोजी नेपाली टोलीसँगै हाल इन्डोनेसियामा छन् । यता एसियन गेम्समा भने नेपाल समूह चरणको तीनै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ ।

पर्यटक प्रवेशाज्ञामा नेपाल बस्दै आएका र श्रम स्वीकृति नलिइ नेपालमा काम गरेकाले अध्यागमन विभागले प्रशिक्षक कोजीलाई सन् २०१८ सम्म नेपाल प्रवेशमा रोक लगाएको थियो।

अध्यागमन विभागले पर्यटक प्रवेशाज्ञामा १५० दिन नेपाल बसिसकेको र नियमानुसार श्रम स्वीकृित नलिएकाले कोजीलाई सन् २०१८ भर नेपाल प्रवेशमा रोक लगाइएको जनाएको छ ।

खेलकुद मन्त्रालयको पत्र, गृह मन्त्रालयको सिफारिस र काम गर्ने संस्थाको सिफारिससाथ श्रम स्वीकृतिका लागि प्रक्रिया नगरेकाले कोजी नेपाल आउन नपाउने भएका हुन् । नियमानुसार एक वर्षमा १५० दिन पर्यटक प्रवेशाज्ञामा कोजी नेपाल बसिसकेका छन् ।

यो सँगै अखिल नेपाल फुटबल संघलाई नयाँ प्रशिक्षक खोज्ने दबाब बढेको छ । कोजी नेपाल आउन नपाउने भएपछि अब के गर्ने भन्ने विषयमा एन्फामा आन्तरिक छलफल चलीरहेको छ । एक.दुई दिनमा यसको किनारा लगाउने भनिएपनि प्रशिक्षक कोजीको स्थानमा साफ च्याम्पियनसिप कसले हेर्ने र कसलाई ल्याउने भन्ने विषयमा अझै टुंगो लागेको छैन ।

सन् २०१६ को मार्चदेखि नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सम्हालेका कोजीको करार अवधि आगामी नोभेम्बरसम्म रहेको छ । नेपालले यही महिना बंगलादेशमा हुने साफ च्याम्पियनसिप खेल्दैछ । एन्फाले बंगलादेशमा हुने साफ च्याम्पियनसिपसम्मका लागि कोजीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);