अध्यागमन विभागले किरण गजमेरलाई त्रिभुवन विमानस्थलबाटै अमेरिका फिर्ता पठायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

अध्यागमन विभागले किरण गजमेरलाई त्रिभुवन विमानस्थलबाटै अमेरिका फिर्ता पठायो

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल-३’ का विजेता किरण गजमेरलाई अध्यागमन विभागले त्रिभुवन विमानस्थलबाटै अमेरिका फिर्ता पठाएको छ ।

गजमेर ११ असोजमा कतार एअरको क्युआर ६५० नम्बरको विमानबाट त्रिभुवन विमानलस्थल ओर्लिएका थिए । उनलाई सोही दिन ‘डिपोर्ट’ गरिएको हो । 
अमेरिकी नागरिक गजमेरले सन् २०२१ मा नेपाल बस्न पाउने अवधि गुजारी सकेकाले उनलाई अमेरिका फिर्ता पठाइएको अध्यागमन विभागले जनाएको छ । 

नेपालको अध्यागमन कानुनअनुसार अमेरिकी नागरिकले एकपटकको प्रवेशमा जम्मा एक सय ८० दिन मात्रै नेपालमा बस्न पाउँछन् । गजमेरले सन् २०२१ मा सो अवधि बिताइसकेकाले उनी अब अझै तीन महिना नेपाल प्रवेश गर्न पाउने छैनन् । 

भुटानी शरणार्थीका रूपमा झापाको शरणार्थी शिविरमा बस्दै आएका  गजमेरलाई संयुक्त राष्ट्रसंघले तेस्रो मुलुक पुनर्वास कार्यक्रमअन्तर्गत सन् २०११ मा अमेरिका लगेको थियो । परिवारसहित अमेरिका बस्दै आएका गायक गजमेरले अमेरिकी भिसा प्रयोग गर्दै आइरहेका छन् । 
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);