तीन महिनामा १८७ देशबाट एक लाख ६० हजारभन्दा बढी पर्यटक नेपाल घुम्न आए | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

तीन महिनामा १८७ देशबाट एक लाख ६० हजारभन्दा बढी पर्यटक नेपाल घुम्न आए

काठमाडौं। बितेको तीन महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालमा १ लाख ६० हजारभन्दा बढी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागका अनुसार २०७९ साल सुरु भएपछिको तीन महिना (वैशाख, जेठ र असार)मा उक्त संख्यामा पर्यटक नेपाल भित्रिएका हुन् । सो अवधिमा विश्वका १८७ देशबाट कुल १ लाख ६० हजार ६८३ जना पर्यटक नेपाल आएको विभागले जनाएको छ । सोही अवधिमा नेपालबाट १ लाख ६८ हजार ८४७ जना पर्यटक स्वदेश फर्केका छन् ।अध्यागमन विभागको तथ्याङ्क अनुसार पछिल्लो तीन महिनामा नेपालबाट सबैभन्दा बढी पर्यटक भारत, अमेरिका, बेलायत, बंगलादेश र अष्ट्रेलियाबाट आएका छन् । उक्त समयमा भारतबाट ७४ हजार ४६९, अमेरिकाबाट २२ हजार ७४८, बेलायतबाट ८ हजार ६०८, बंगलादेशबाट ७ हजार ६१६ र अष्ट्रेलियाबाट ५ हजार १७६ जना पर्यटक त्रिभुवन अन्तर्राष्टिय« विमानस्थल हुँदै नेपाल भित्रिएका थिए।

यस्तै, फ्रान्सबाट २ हजार ८१४, जर्मनीबाट २ हजार ४२३, क्यानडाबाट २ हजार ३७०, चीनबाट १ हजार ७९७, रुसबाट १ हजार ५६६, दक्षिण कोरियाबाट १ हजार २५०, स्पेनबाट १ हजार २८३, नेदरल्याण्ड्सबाट १ हजार २७७, सिंगापुरबाट १ हजार १९३, थाइल्याण्डबाट १ हजार १५१, बेल्जियमबाट १ हजार ७६, जापानबाट १ हजार ५२, इटालीबाट १ हजार ४३, फिलिपिन्सबाट १ हजार ३७, पाकिस्तानबाट ९९५, टर्कीबाट ९३२ र भियतनामबाट ८३७ जना पर्यटक नेपाल भित्रिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);