महामारीबीच एक महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गरे दुई लाख १३ हजारभन्दा बढीले आवतजावत  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

महामारीबीच एक महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गरे दुई लाख १३ हजारभन्दा बढीले आवतजावत 

काठमाडौं । कोरोना महामारीबीच काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए)बाट गत जनवरी महिनामा २ लाख १३ हजार ४५५ जनाले आवतजावत गरेका छन् । अध्यागमन विभागका अनुसार टीआइएबाट आवतजावत गर्नेमध्ये ८९ हजार ४९९ जना नेपाल आउने र १ लाख २३ हजार ९५६ जना नेपालबाट बाहिरिने रहेका छन् । 

विभिन्न देशबाट नेपाल आउनेमा ७० हजार ३२६ जना पुरुष, १९ हजार १६२ जना महिला र पहिचान नखुलेका ११ जना रहेका छन् । सन् २०२२ जनवरीमा नेपाल छोड्नेमध्ये एक लाख ३५१ जना पुरुष, २३ हजार ५९४ जना महिला र पहिचान नखुलेका ११ जना रहेको विभागको तथ्याङ्कले देखाउँछ । 

विभागका अनुसार गत जनवरीमा टिआइएबाट आवतजावत गर्नेमा विदेशको संख्या ३४ हजार ९५९ रहेको छ भने नेपालीको संख्या १ लाख ७८ हजार ४९६ रहेको छ । जनवरीमा बिभिन्न देशबाट ७२ हजार ५२४ जना नेपाली स्वदेश फर्केका थिए । सोही अवधिमा १ लाख ५ हजार ९७२ जना नेपाली देश छोडी विदेश गएको विभागले जनाएको छ । 

गत वर्ष सन् २०२१ मा कूल १५ लाख २१ हजार ४३४ जनाले टिआईबाट आवतजावत गरेका थिए । यसरी आवतजावत गर्नेमा नेपाल आउनेको संख्या ७ लाख ३८ हजार ५४ रहेको थियो भने नेपालबाट बाहिरिनेको संख्या ७ लाख ८३ हजार ३८० रहेको थियो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);