कोरोना खोपलाई सबैको पहुँचमा र सस्तो बनाउन परराष्ट्रमन्त्री खड्काको आव्हान  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कोरोना खोपलाई सबैको पहुँचमा र सस्तो बनाउन परराष्ट्रमन्त्री खड्काको आव्हान 

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले कोरोना महामारी विश्वव्यापी साझा समस्या भएको जनाउँदै खोपलाई सबैको पहुँचमा र सस्तो बनाउन विश्व समुदायलाई आव्हान गरेका छन् ।

विश्वव्यापी खोपको लागि ग्याल्भेनाइजिंग मोमेन्टमको उच्च–स्तरीय कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै उनले महामारीको रोकथामका लागि विश्वव्यापी खोप नै भरपर्दो आधार भएको बताए । 

खोपलाई सबैको पहुँचमा पुर्याउन यसको प्रवद्र्धनमा ध्यान दिनुपर्ने उनले जनाए । 

परराष्ट्रमन्त्री खड्काले विशेष गरी गरिब देशहरूमा कोरोना महामारीले ठूलो आर्थिक क्षति गरेकोतर्फ ध्यानाकर्षण गरेका थिए । गरिव देशहरुको आर्थिक उन्नतीको लागि धनी देशहरुले सघाउनु पर्नेमा उनले जोड दिएका थिए । 

‘हामीले यसै वर्षको अप्रिलसम्म १२ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाउने लक्ष्य राखेका छौँ,’ उनले नेपालको खोप अभियानका बारेमा जानकारी दिए । 
कार्यक्रममा उनले नेपाललाई खोप उपलब्ध गराउने छिमेकी र अन्य मित्र राष्ट्रहरू, विकास साझेदारहरूप्रति आभार प्रकट गरेका थिए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);