कोरोना विरुद्धको खोप सबैको पहुँचमा हुनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

कोरोना विरुद्धको खोप सबैको पहुँचमा हुनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड

काठमाडौं, १९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको खोप विश्वकै सार्वजनिक पहुँचमा हुनु पर्नेमा जोड दिनुभएको छ । कोरोन भाइरस सम्बन्धी संयुक्त राष्ट्रसंघको ३१ औं विशेष महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको खोप सबैको पहुँचमा हुनुपर्ने बताउनु भएको हो ।

कोरोना विरुद्धको खोप विश्वका सबै देश र नागरिकको पहुँचमा पुग्ने गरी हुनुपर्ने भन्दै उहाँले गरीबी, बढ्दो असमानता, जलवायु परिवर्तनका कारण पर्ने संकट र कोरोना जस्ता महामारी फैलाउने भाइरसको संक्रमणको चुनौती विरुद्ध लड्न विश्वका सबै देश एकजुट हुनुपर्ने बताउनुभएको छ ।

साथै उहाँले महामारीले हामीलाई एउटा अमूल्य शिक्षा प्रदान गरेको भन्दै संकटको यस घडीमा देखाएको विश्वव्यापी समन्वय र नेतृत्वका लागि नेपाल संयुक्त राष्ट्र संघ तथा विशेषतः विश्व स्वास्थ्य संगठनको सराहना गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रण तथा रोकथामका लागि नेपालले गरिरहेको प्रयासबारे जानकारी समेत गराउनु भएको छ । उहाँले भाइरसको नियन्त्रणका लागि उपलब्ध सबै राजनैतिक, आर्थिक, मानवीय तथा प्राविधिक स्रोतहरुको परिचालन गरेको जानकारी गराउनुभएको छ ।

आवश्यक परेकालाई निशुल्क परीक्षण एवम् उपचार सेवाहरु प्रदान गरिएको, संघीय, प्रान्तीय तथा स्थानीय तहका स्वास्थ्य प्रणालीमा आवश्यक पूर्वाधार, मानवीय तथा वित्तीय स्रोत एवम् चिकित्सकीय उपकरणहरु सुनिश्चित गरिएको बताउनुभयो ।

महासभामा प्रधानमन्त्री ओलीको सम्बोधन गर्नुअघि उहाँको अडियो र भिडियो रेकर्ड गरेर पठाइएको थियो । संयुक्त राष्ट्रसंघको विशेष महासभामा अन्य देशले पनि आफ्नो अनुभव र कोरोना विरुद्ध चालेका कदमहरु सुनाएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);