डा. केसीले भने पुटिन २१औं शताब्दिको हिटलर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

डा. केसीले भने पुटिन २१औं शताब्दिको हिटलर

काठमाडौं । चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई २१औं शताब्दिको हिटलरको संज्ञा दिएका छन् । पुटिनको निर्देशनमा रुसले बिहीबारबाट युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेपछि शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले यस्तो प्रतिक्रिया जनाएका हुन् । 

‘एकाइसौं सताब्दीको हिटलर पुटिन । हिटलर भन्दा पनि क्रुर । संसारभरीका सबैले यसको घोर विरोध, भत्र्सना र रोक्ने प्रयास गर्नु पर्छ,’ डा.केसीले भनेका छन् । आफू प्युठान जानेक्रममा गुल्मीरहेको जनाउँदै उनले आक्रमणको समाचारले आहात भएको बताएका छन् । 

‘रुसले यूक्रेनमाथि गरेको युद्ध अपराधको पराकाष्ठा हिजो राती वीवीसी लगायत विभिन्न  समाचार माध्यमवाट अवगत भयो । एकाइसौं सताब्दीमा यस्तो हुनसक्छ भनेर कल्पना पनि गर्न सकिदैन,’ उनले भनेका छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);