सरकार असफलतातर्फ उन्मुख : अर्जुननरसिंह केसी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

सरकार असफलतातर्फ उन्मुख : अर्जुननरसिंह केसी

अर्जुन नरसिंह केसी

काठमाडौं, ३० कात्तिक । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले सरकार असफलतातर्फ उन्मुख रहेको आरोप लगाएका छन् । नेता केसीले प्रधानमन्त्री केपी ओली शक्ति हातमा लिएर जंगबहादुर, स्टालिन र हिटलर बन्ने प्रवृत्तितर्फ उन्मुख रहेको भन्दै आक्रोश पनि व्यक्त गरे ।

शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री ओलीले काम भन्दा बढि कुरा गर्ने गरेको गुनासो गरे । निर्वाचनको बेला वृद्धाभत्ता थप गर्ने आश्वासन समेत सरकारले पूरा गर्न नसकेको नेता केसीको आरोप छ ।

काँग्रेस नेता केसीले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको, महंगी बढाएको, सुन तस्करीलाई कार्वाहीको दायरामा ल्याउन नसकेको आरोप लगाए ।

फरक प्रसंगमा नेता केसीले सभापति शेरबहादुर देउवाले पार्टी विधान विपरित उपसभापतिमा विजयकुमार गच्छदारलाई नियुक्त गरेको भन्दै असन्तुष्टि पनि व्यक्त गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);