डा. केसीले जन्ममितिमा त्रुटि भएको स्विकारे | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

डा. केसीले जन्ममितिमा त्रुटि भएको स्विकारे

govinda kc

काठमाडौं, १० फागुन । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएमका प्रा डा गोविन्द केसीले आफ्नो शैक्षिक प्रमाणपत्र र नागरिकतामा फरक–फरक जन्ममिति रहेको स्वीकार गरेका छन् । उनको नागरिकतामा २७ असोज ०१३, एस्एलसीको चारित्रिक प्रमाणपत्रमा २४ माघ ०१३ र बढुवा आवेदनमा २७ असोज ०१३ जन्ममिति रहेको केसीले जनाएका छन् ।

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै मानवीय त्रुटिका कारण तीनवटा जन्ममिति भएको उनले बताएका छन् । उनी यसअघि प्रधानन्यायाधीशको नागरिकताको विषयलाई लिएर प्रश्न उठाउँदै आएका थिए । केसीले विज्ञप्तिमा भनेका छन्, ‘प्राविधिक त्रुटिवश एसएलसीको चारित्रिक प्रमाणपत्रमा जन्ममिति २४ माघ ०१३ हुन गएको छ ।’

उनले बढुवाका लागि भरेको आवेदनमा पर्न गएको फरक जन्ममिति मानवीय त्रुटि भएको दाबी गरेका छन् । डा. केसीले सो मिति तत्काल सच्याउने प्रतिबद्धता पनि जनाएका छन् । उनले आफूमाथि छानबिन गर्ने भए हार्दिकतापूर्वक स्वीकार गर्ने स्पष्ट पारे । आजको नयाँ पत्रिकामा यस्तो खवर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);