नेपाल हुँदै तेस्रो मुलुक जानमा रोक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

नेपाल हुँदै तेस्रो मुलुक जानमा रोक

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक जान र नेपाललाई ट्रान्जिट बनाएर अन्य देश जान रोक लगाइने भएको छ । अध्यागमन विभागले सोमबार एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक जाने उद्देश्यले नेपाल आउन र नेपाललाई ट्रान्जित बनाएर अन्य गन्तव्य जान रोक लगाइएको सूचनामा उल्लेख गरिएको छ ।

अध्यागमन विभागले वैशाख १५ गते राति १२ बजेदेखि लागू हुने गरी रोक लगाइएको बताएका छन् । पछिल्लो समय अधिकांस मुलुकहरुले भारतबाट आउने विमानलाई प्रतिबन्ध लगाएपछि भारतबाट नेपाललाई ट्रान्भित बनाई तेस्रो मुलुक जानेको संख्या बढेको छ ।

विदेशबाट नेपाललाई अन्तिम गन्तव्यस्थल बनाई आगमन गर्न र नेपालबाट विदेश जाने अनुमति भने साविकबमोजिम नै नियमित रहेको सूचनामा उल्लेख गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);