अन्तर्राष्ट्रिय उडान बन्द हुने भएपछि विदेश जाने र स्वदेश फर्कनेमा ४० प्रतिशतले वृद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अन्तर्राष्ट्रिय उडान बन्द हुने भएपछि विदेश जाने र स्वदेश फर्कनेमा ४० प्रतिशतले वृद्धि

aeroplane

काठमाडौं । पछिल्लो ३ दिनमा हवाईमार्ग हुँदै विदेशीने र विदेशबाट आउने यात्रुहरुको संख्या ह्वात्तै बढेको छ । कोभिड १९ संक्रमणको दोश्रो लहर भित्रिए संगै रोकथाम र नियन्त्रणका लागि सरकारले आज २३ गते राति १२ बजे देखि सबै अन्तर्राष्ट्रिय उडान र अवतरणमा रोक लगाएपछि विदेश जाने र स्वदेश फर्कने यात्रुहरुको चाप बढेको हो ।

पछिल्ला दुई दिनमा यात्रुहरुको आवागमनमा ४० प्रतिशतले वृद्धि भएको अध्यागमन विभागले जनाएको छ । नेपाललाई ट्रान्जिट प्वाईन्ट बनाएर तेश्रो मुलुक उडान गर्न नपाउने बैशाख १३ गतेको मन्त्रीपरिषद् निर्णय पछि यात्रुहरुको आवागमनमा कमी आएपनि १९ गतेको निर्णयसंगै आवागमनको दर वृद्धि भएको हो ।

सरकारले अन्तर्राष्टिय उडान र अवतरणमा रोक लगाए पनि नेपालस्थिति विदेशी दुतावासहरुले पनि नेपालमा घुम्न आएका आफ्ना नागरिकलाई फिर्ता लैजाने गरेको , कोभिड भ्याक्सिन लगाएर टे«किङ गर्न आएका पर्यटकहरुले पनि कम्तीमा १० दिन होटल क्वारेन्टीन बस्नुपर्ने भएपछि आफ्नै देश फर्कने गरेको र घुम्न आएका पर्यटकले पनि घुम्न नपाएपछि फर्कने गरेकाले यात्रुहरुको चाप बढेको बताईएको छ ।

उडान रोकिएपछि विदेशमा रहेका नेपालीहरु स्वदेश फर्कने अनुपात पनि ह्वात्तै बढेको छ । अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले अन्तराष्ट्रिय उडान रोक्ने नेपाल सरकारको निर्णय संगै विदेशमा रहेका नेपाली स्वदेश फर्किने र श्रमका लागि विदेश जाने नेपालीहरुले पनि निर्धारित उडान अघि सारेको, कामको सिलसिलामा र घुम्न आएका विदेशी नागरिकहरु आफ्नै देश फर्कने क्रम बढेकाले आवागमन ३० देखि ४० प्रतिशत सम्म वृद्धि भएको बताए ।

हवाईमार्गबाट बैशाख २२ गते मात्रै २ हजार २ सय ९० जना प्रस्थान भएका छन् भने ३ हजार ८ सय ८४ जना नेपाल भित्रिएका छन् । त्यसैगरी, २१ गते १ हजार ४ सय ४० नेपाल छोडेका छन् भने ३ हजार १ सय ८३ जना नेपाल आएका छन् । २० गते १ हजार २ सय ५ जना, १९ गते १ हजार ३ सय ६९ जना ,१८ गते १ हजार ६ सय ९० जना र १७ गते २ हजार ५ सय ९ जना हवाईमार्ग हुदै विदेश गएका छन् ।

अध्यागमनका अनुसार, २० गते २ हजार ३ सय २३ जना, १९ गते २ हजार ५ सय १० जना,१८ गते २ हजार ३१ र १७ गते २ हजार ६ सय २७ जना नेपाल भित्रिएका छन् । यात्रुहरुको चाप बढेपछि मंगलबार मात्रै एयर अरेबियाले ३ वटा उडान थप गरेको थियो । त्यसैगरी अन्य एयरलाईन्सहरुले पनि उडान थप गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);