सूचना विभागको पास नभएकै कारण पत्रकार प्रहरीको ‘होल्डिङमा’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

सूचना विभागको पास नभएकै कारण पत्रकार प्रहरीको ‘होल्डिङमा’

काठमाडाैं । विश्व जगत अहिले कोरोनका काण क्षेत बिक्षेत अवस्थामा गुज्रि रहेको छ । त्यस्को प्रभावले नेपाल पनि अछुतो रहन सकेन । जस्का कारण नेपाल पनि कोरोना संकट ग्रस्त अवथामा रहेको कुरा सामान्य भन्दा सामान्य नागरिकलाई पनि जानकारी भएकै कुरा हो ।

नेपालमा दोस्रो लहरको कोभिड १९ को महामारी फैलिएको भन्दै सरकारले यहि बैशाख १६ देखि २९ गते सम्मका लागि निषेधाज्ञा जारी गरेको छ । कोरोनाका कारण दैनिकि जसो मानिसहरुले मृत्युवरण गर्न बाध्य भइरहेका छन । त्यसो त लाखौँ मानिसहरु कोरोना भाइरससंग लडिरहेका छन् ।

अहिले अत्यावस्यक काम बाहेक मानिसहरु घर बाहिर निस्केका छैन । निस्कनुपनि हुन्न । पहिला आफू कसरी सुरक्षित अवस्थामा रहने र कोरोना संक्रमण हुनबाट कसरी बच्ने भन्नुनै आम नागरिकको प्रमुख दायित्व हो । तर्सथ हाम्रो पनि सवैमा आग्रह छ कि तपाईहरु सुरक्षित रहनुहोला । अहिले प्रमुख जोखिमा रहेका बर्गहरुमध्य स्वास्थ्यकर्मी , सुरक्षाकर्मी र पत्रकारनै छन् ।
यी तिनै बर्गको आ-आफ्नै भूमिका रहेको छ ।

जसमध्ये कोरोनाका कारण सवैभन्दा जोखिम मोलेर रातदिन खटिने वर्गमा पर्छ पत्रकार पनि , जस्ले रातदिन नभनी फ्रन्टलाइनमा रहेर सुचना प्रवहाका लागि अग्रमोर्चामा लडिरहेको छ । यहाँ उठ्ठान गर्न खोजेको कुरा यो हो कि एउटा पत्रकार आफ्नो धर्म निर्वाह निभाउनका लागि भन्दै डियूटी हिडेको हुन्छ । उस्लाई बाटोमा चेकिङ्ग गर्न बसेका सुरक्षाकर्मीले सुचना विभागको पास नभएकै आधारमा होल्डिङ बनाइरहेका छन् ।

यो अवस्थामा पत्रकारको कुनै रहर हैन घर छोडर बाहिर निकल्नु । एकातिर कार्यलय जानुपर्ने बाध्यता अर्कोतिर सुचना पास नभएकै आधारमा प्रहरीको होल्डिङमा बस्नुपर्ने बाध्यता। सरकारले निषेधाज्ञा गर्नु पूर्व पत्रकार महासंघले उपत्यकका तिन जिल्ला प्रमुखहरुको समन्वयमा पत्रकारले सम्वन्धित सञ्चार गृहको पासबाट समाचार संकलन गर्न पाउने भनि सहकार्य गरेको थियो । त्यहि आधारमा पत्रकारले समाचार संकल्न गर्न पाउने अधिकारलाई प्रयोग गर्दे आएको छ ।

तर, यता सुरक्षा दिन बसेका प्रहरीले भने सुचना विभागको पास देखाउनुपर्ने भन्दै धेरै पत्रकारलाई होल्डिङमा राख्न थालेको छ । प्रहरीको कामनै सुरक्षा दिने हो तर विभागको पास नभएकै आधारमा पत्रकारलाई होल्डमा राख्नु भने समस्याको समाधान भने हैन होला ? एकातिर सुचना विभागको कार्डको मिति समाप्त हुनु र अर्को तर्फ तत्कालनै सुचना विभागबाट पत्रकारलाई विभागको पास नमिल्नुले पत्रकारले दैनिकिजसो होल्डिङमा बस्नु परेको छ ।

यता , सुचना भिगाको प्रकृया अनुसार काम हुने भएकाले असार मसान्त सम्मका लागि सुचना विभागले नयाँ दरबन्दी खुल्ला नगरेकाले तत्कालै पत्रकारले विभागको पास नपाउने भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);