अब घुम्तीमा भेटिने छैनन् प्रेमध्वज प्रधान | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८०, आइतबार

अब घुम्तीमा भेटिने छैनन् प्रेमध्वज प्रधान

मनिषा महर्जन,

काठमाडौं । घुम्तीमा नआउ है आँखा तिमी जुधाउन…. होस् या तारा मात्रै होइन तिमीलाई जुनै दाइजो दिदिँउला जस्ता कालजयी गीतलाई आफ्नो स्वर्णिम आवाजले सिंगार्नु भएका वरिष्ठ गायक प्रेम ध्वज प्रधान अब हामी माझ रहनु भएन । उनी अव जीवनको घुम्तीमा सम्झना भएर मात्र भेटिने छन् । त्यो घ्म्तीमा भौतिक शरिरमा भेटिनै छैनन् । रत्न शम्सेर थापाको शब्दमा आफैले संगीत भरेको यो गीत सन् १९७० मा बम्बईमा रेकर्ड गरिएको थियो ।

वरिष्ठ संगीतकार एवं गायक प्रधानको बिहीबार निधन भएको छ । उनको निधनले नेपाली संगीत क्षेत्रले एक अमूल्य रत्न गुमाएको छ । नेपाली समाजलाई प्रतिनिधित्व गर्ने राष्ट्र भावका गीतहरु होस् या माया प्रेमका गीतहरु उनी हरेक विधामा अब्बल गायकका रुपमा चिनिन्थे ।

नेपाली संगीत क्षेत्रमा स्वर्णीम आवाज, म्यान विड द गोल्डेन भ्वाइसका रुपमा चिनिएका वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधान उमेरले ८० पार हुँदा समेत संगीतमा उनको सक्रियता अपार थियो । रोमान्टिक गीतहरुका सम्राटका रुपमा चिनिनु भएका प्रेम ध्वजको जन्म सन् १९३८ मा सिन्धुपाल्चोकको चौतारामा भएको हो । आफ्नी आमा प्राण देबी प्रधानबाट प्रेरित भएर उनको संगीत प्रतिको झुकाव बढेको थियो ।

रेडियो नेपालको स्टुडियोमा रेकर्ड गरिएको पहिलो गीत ‘यो नेपाली शीर उचाली’ उनले तारा देवीसंग गाएका थिए। संगितमा यो नै उनको पहिलो डेब्यु थियो। । उनले माइतीघर, जीवन रेखा जस्ता धेरै चलचित्रहरुमा पनि पाश्र्व गायन गरेका थिए ।

नेपाली संगीत क्षेत्रमा मात्र होइन गायक प्रेमध्वज प्रधानले आफ्नो राष्ट्र भाषा नेपाल भाषामा पनि राजामति कुमति, व छु गल्ली थ्व छु गल्ली जस्ता धेरै लोकप्रिय गीतहरु गाएका छन् ।

माउण्टेन टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम रमाइलो शनिबारमा प्रेमध्वज प्रधानसँगका केही पलहरु

https://fb.watch/5jrm1gaGB_/

स्वर सम्राट नारायण गोपाल, योगेश बैद्य, नाती काजी, तारा देवी जस्ता चर्चित बरिष्ठ कलाकारहरु उनका समकालिन गायकहरु थिए । उनलाई समयसमयमा स्वर सम्राट नारायण गोपलसँग पनि तुलना गरिन्थ्यो । धेरै अग्रज गायक तथा संगीतकारहरुले स्वर सम्राट नारायण गोपाल भन्दा पनि अब्बल गायकका रुपमा प्रधानलाई मान्ने गरेका छन् ।

उनले वि.सं २०२१ मा तत्कालिन राजा महेन्द्र शाहको हातबाट उत्कृष्ट गायकको सम्मान प्राप्त गरेका थिए । त्यसैगरी नेपाली संगीत क्षेत्रमा उनँको योगदानका लागि तत्कालिन राजा वीरेन्द्र शाहबाट २०४४ सालमा गोर्खा दक्षिण बाहू चौंथो र २०५३ सालमा विख्यात त्रिशक्ति पट्ट तेस्रो सम्मान प्राप्त गरेका थिए ।

नेपाली संगीतलाई उचाईमा पु¥याउँन अमूल्य योगदान गरेका यी स्रष्टा गायक प्रेमध्वज प्रधानले छिन्नलता पुरास्कार, भुपाल मान सिहं कार्की पुरस्कार , राष्ट्रिय प्रतिभा पुरस्कार, नारायण गोपाल संगीत पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार लगायत धेरै पुरस्कार तथा उपाधिहरुबाट सम्मानित भएका थिए ।

तर विडम्बना, नेपाली संगीत क्षेत्रका एक स्वर्णीम तारा आज अस्ताएका छन् । उनले छोडेको नेपाली संगीतका कयन् भाका अनि लयहरु मात्र भेटिने छन् , तर अब घुम्तीमा भेटिने छैनन् प्रेम ध्वज प्रधान ।

अलविदा स्वर्णिम तारा !

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);