नारायण गोपाल स्मृति सम्मान राष्ट्रकवि घिमिरेलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नारायण गोपाल स्मृति सम्मान राष्ट्रकवि घिमिरेलाई

काठमाडौं, १९ मंसिर । यस वर्षको नारायणगोपाल स्मृति सम्मान राष्ट्रकवि माधव घिमिरे सहित १२ जनालाई प्रदान गरिएको छ । स्वर सम्राट नारायण गोपालको २७ औं स्मृति दिवसको अवसर पारेर मंगलबार राष्ट्रकवि घिमिरेसहित १२ जनालाई नारायणगोपाल स्मृति सम्मान प्रदान गरिएको हो ।

राष्ट्रकवि घिमिरेसहित वरिष्ठ संगीतकार एवम् गायक सिके रसाइली, वरिष्ठ गीतकारहरु रत्नशमशेर थापा, कालिप्रसाद रिजाल, किरण खरेल, चेतन कार्कीलगायतका सम्मान गरिएको छ । नारायण गोपाल संगीत कोषर्ले नगद २५ हजारसहित सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै राष्ट्रकवि घिमिरेले स्वरसम्राट नारायण गोपाललाई नेपालको गीत-संगीतको क्षेत्रमा कुनै पनि उपमा आवश्यक नपर्ने बताए । उनले नारायण गोपाल आफ्नै सुरतालमा रम्ने स्वाभिमानी व्यक्तित्व भएको पनि स्मरण गरे ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नारायण गोपालका कालजयी गीतहरु जति सुनेपनि नपुग्ने अनुभूति सुनाए । उनले नारायण गोपाल संगीत कोषको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । नारायण गोपाल संगीत कोषले नेपाली गीत संगीतको क्षेत्रमा उच्च योगदान पुर्याउनेहरुलाई हरेक वर्ष सम्मान गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);