जन मनमा नारायणगोपाल ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

जन मनमा नारायणगोपाल ( भिडियो रिपोर्ट )

बिन्दु अधिकारी माउन्टेन टेलिभिजन। सोमबार स्वरसम्राट नारायणगोपालको ३२ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाईयो। नेपाली कालजयी गीतलाई सुमधुर स्वरले जनजिब्रोसम्म गुञ्जाउनु भएका नारायणगोपाल अमर हुनुहुन्छ। उहाँ जति जिउनुभयो त्यतिञ्जेल संगितको साधनामा लागिरहनु भयो । नेपाली संगीतको क्षेत्रमा उल्लेख्य योगदान गर्नुभयो । नेपाली संगीतको क्षेत्रलाई समृद्ध बनाउनु भएका नारायण गोपाललाई यो पुस्ताले कसरी सम्झिएको छ ?

म मरे पनि मलाई मेरो देशको माया छ, यो छाती भरी मुरीका मुरीका यो देशको माया छ।

नारायण गोपाल गुरुवाचार्य ३२ वर्षअघि धर्तीलाई छाडेर जानुभयो तर उहाँका देशभक्तिले ओतप्रोत गीतसंगित आजपनि गुञ्जिरहन्छन् । के बालबालिका, के युवा के पाका । सबैमाझ उहाँ लोकप्रीय बन्नुभयो। विरह, वेदना र हर्षका गीत गाउनुभयो । उहाँका कालजयी आवाजले नेपाली गीतसंगितलाई समृद्ध बनाइरहेको छ। विसं १९९६ मा काठमाडौँको किलागलमा जन्मनुभएका नारायण गोपालले आफ्नो जीवनभर सयौं गीतमा आवाज दिनुभयो । राष्ट्रक्ति देखि नेपाली समाजमा घटेका घटनालाई समेटेर बनाईएका गीतहरुमा उहाँले आफ्नो सुमधर आवाज दिनुभएको छ । स्वरसम्राट गोपाललाई आजको युगले कसरी सम्झिएको छ त ।

सङ्गीत क्षेत्रको पारखी र नेपालको सङ्गीत क्षेत्रलाई जिउँदो बनाउन उहाँले ठूलो योगदान गरिसक्नुभएको छ । गीत–सङ्गीतलाई साहित्यमा ढालेर क्रान्ति गर्नुपर्छ भन्ने मान्यता नारायण गोपालमा थियो । मञ्चमा गीत गाउनु अघि नारायण गोपालले कमरेड पुष्पलाल श्रेष्ठको चुनावी अभियानमा ‘जनताको सरकार, हाम्रो नेता पुष्पलाल’ भन्ने गीत गाउनु भएको थियो । उहाले संगांगेतिक यात्रामा अन्य क्षेत्रलाई समेत संगै लैजानुभएको थियो । नारायणगोपालले रेडियो नेपालमा पनि लामै समय गीत रेकर्ड गराउनुभयो । नेपाली संगीतलाई फरक धारमा प्रस्तुत गरी कालजयी गीत गाउने सुमधुर स्वरका धनी नारायण गोपालका गीतहरु आज पनि स्रोताका रोजाइ बन्ने गरेका छन् ।

उहाँलाई नेपाल सङ्गीत आकाशका धु्रवताराका रुपमा पनि चिनिन्छ । स्वर सम्राट नारायण गोपाल सर्वोत्तम संगीतकार, सर्वोत्तम गायक, रत्न रेकर्ड पुरस्कार, गोरखा दक्षिण बाहु चौथो लगायत थुप्रै पुरस्कारबाट सम्मानित हुनुभएको छ । उहाँलाई सरकारले जे जति सम्मान ग¥यो त्योभन्दा जनमनमा बसेर सम्मान पाउनुभयो । उहाँको भौतिक शरीर बिदा भएपनि नेपालीको मनमा बस्न सक्नुभएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);