प्रेमध्वज प्रधान : उमेरले ८० पार, संगीतमा सक्रियता अपार (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रेमध्वज प्रधान : उमेरले ८० पार, संगीतमा सक्रियता अपार (भिडियोसहित)

prem dhoj

काठमाडौं, ७ असार

यो नेपाली शीर उचाली संसारमा लम्कन्छ…….

नेपाली माटो छुने यो गीत हरेक नेपालीको मनमस्तिष्कमा समेत बस्दै आएको छ । त्यसो त यस गीतमा आफ्नो सुमधुर स्वर दिनु भएका गायक प्रेमध्वजका घुम्तीमा नआउ है, गोरेटो त्यो गाँउको, तारामात्र होइन तिमीलाई जुनै दाइजो दिदिउँला, पर लैजाउ फुलहरु जस्ता गीतहरुमा आफ्नो आवाजले सिगांर्नु भएको छ ।

नेपाली समाजलाई प्रतिनिधित्व गर्ने राष्ट्र भावका गीतहरु होस् या माया प्रेमका गीतहरु उहाँ हरेक विधामा अब्बल गायकका रुपमा चिनिनु भएको छ । उहाँका अधिकांस गीतहरु कालजयी छन् ।

नेपाली संगीत क्षेत्रमा स्वर्णीम आवाज, म्यान विड द गोल्डेन भ्वाइसका रुपमा चिनिनु भएका वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधान उमेरले ८० पार तर संगीतमा सक्रियता अझै अपार । रोमान्टिक गीतहरुका सम्राटका रुपमा चिनिनु भएका प्रेम ध्वजको जन्म सन् १९३८ मा सिन्धुपाल्चोकको चौतारामा भएको हो । आफ्नी आमा प्राण देबी प्रधानबाट प्रेरित भएर संगीत प्रतिको झुकाव बढेको उहाँ बताउनु हुन्छ ।

त्यो समयमा नेपाली साङगीतिक क्षेत्रमा लाग्न उति सहज थिएन । गीत रेकर्डिङका लागि भारतको कलकत्ता, मुम्बई पुग्नु पर्ने बाध्यता थियो । त्यस्तो चुनौतीका बाबजुत पनि प्रेम ध्वजले धेरै गीतहरु श्रोताहरु माझ प्रस्तुत गर्नुभयो ।

रेडियो नेपालको स्टुडियोमा रेकर्ड गरिएको पहिलो गीतयो नेपाली शीर उचाली‘ उहाँले तारा देवीसंग गाउनु भयो । उहाँले माइतीघर, जीवन रेखा जस्ता धेरै चलचित्रहरुमा पनि पाश्र्व गायन गर्नु भएको छ ।

नेपाली संगीत क्षेत्रमा मात्र होइन गायक प्रेमध्वज प्रधानले आफ्नो राष्ट्र भाषा नेपाल भाषामा पनि राजामति कुमति, व छु गल्ली थ्व छु गल्ली जस्ता धेरै लोकप्रिय गीतहरु गाउनु भएको छ ।

स्वर सम्राट नारायण गोपाल, योगेश बैद्य, नाती काजी, तारा देवी जस्ता चर्चित बरिष्ठ कलाकारहरु उहाँका समकालिन गायकहरु हुनु हुन्छ । उहाँलाई समयसमयमा स्वर सम्राट नारायण गोपलसँग पनि तुलना गरिन्छ । धेरै अग्रज गायक तथा संगीतकारहरुले स्वर सम्राट नारायण गोपाल भन्दा पनि अब्बल गायकका रुपमा पनि मान्नु हुन्छ ।

अमेरिकन एम्बेसीको लाइब्रेरीमा जागिरे उहाँ अहिले रिटायर्ड भैसक्नु भएको छ तर सांगीतिक यात्रामा भने अझै सक्रिय हुनुहुन्छ । उहाँ हाल गायन लगायत संगीत निर्माणमा पनि उत्तिकै व्यस्त हुनुहुन्छ ।

अग्रज कलाकार भएर पनि अनुज कलाकारहरुलाई माया गर्ने भएकाले धेरै नयाँ पुस्ताका कलाकारहरु उहाँलाई पछ्याइरहेका छन् । उहाँले अहिलेका नयाँपुुस्ताहरुसंग पनि युगल गायन गर्नु भएको छ । तर नयाँ पुस्तासँगै गाउंदा पनि उहाँको आवाज अझै पनि मिठासपूर्ण नै छ ।

उहाँले वि.सं २०२१ मा तत्कालिन राजा महेन्द्र शाहको हातबाट उत्कृष्ट गायकको सम्मान प्राप्त गर्नुभयो । त्यसैगरी नेपाली संगीत क्षेत्रमा उहाँको योगदानका लागि तत्कालिन राजा वीरेन्द्र शाहबाट २०४४ सालमा गोर्खा दक्षिण बाहू चौंथो र २०५३ सालमा विख्यात त्रिशक्ति पट्ट तेस्रो सम्मान प्राप्त गर्नुभयो ।

नेपाली संगीतलाई उचाईमा पुर्‍याउँन अमूल्य योगदान गर्नु भएका यी स्रष्टा गायक प्रेमध्वज प्रधानले छिन्नलता पुरास्कार, भुपाल मान सिहं कार्की पुरस्कार , राष्ट्रिय प्रतिभा पुरस्कार, नारायण गोपाल संगीत पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार लगायत धेरै पुरस्कार तथा उपाधिहरुबाट सम्मानित भईसक्नु भएको छ । नेपाली संगीत क्षेत्रमा लाग्न चाहने नयाँ पुस्तालाई साधना सहित संगीतमा आउन उहाँको सुझाव छ ।

नेपाली संगीतको क्षेत्रमा दशकौँदेखि योगदान पुर्‍याउँदै आउनु भएका मुर्धन्य स्रष्टा प्रेमध्वज प्रधानसंग उहाँको सांगीतिक यात्रामा केन्द्रित माउन्टेन टेलिभिजनको ‘रमाइलो शनिबार‘को आजको श्रृङखला ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);