दिवंगत प्रेमध्वज प्रधानप्रति सभामुख सापकोटाद्धारा दुःख व्यक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

दिवंगत प्रेमध्वज प्रधानप्रति सभामुख सापकोटाद्धारा दुःख व्यक्त

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानको निधनले खबरले मर्माहत बनाएको भन्दै उनले दुःख व्यक्त गरेका हुन् ।

सभामुख सापकोटाले नेपाली साङ्गीतिक क्षेत्रमा प्रधाननले पु¥याएको योगदान स्मरणीय रहने बताए । सानैदेखि संगीतमा लागेका उनले ७०० बढी गीत रेकर्ड गराएका छन् । प्रधानले ‘याद कसैको आइरहेछ यो अँधेरी रातमा’ बोलको पहिलो गीत रेडियो नेपालमा रेकर्ड गराएका हुन् । बसुन्धरास्थित न्यूरो अस्पतालमा प्रधानको निधन भएको थियो ।

‘घुम्तीमा नआऊ है’, ‘गुलाफी घुम्टो’, ‘नमान लाज यसरी’, ‘टाढा नभइदेऊ फेरि’, ‘पर लैजाऊ फूलहरू’ लगायतका उनले गाएका दर्जनौं गीत चर्चित छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);