गण्डकी प्रदेशसभा बैठक वैशाख २७ गते बस्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

गण्डकी प्रदेशसभा बैठक वैशाख २७ गते बस्ने

गण्डकी । गण्डकी प्रदेशसभा बैठक वैशाख २७ गते बस्ने निर्णय भएको छ । बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले २७ गतेका लागि बैठक बस्ने निर्णय गरेको हो। सभामा विचाराधीन मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि त्यही दिन मतदान हुने बैठकमा सहभागी नेकपा एमाले सांसद कृष्ण थापाले बताएका छन् ।

वैशाख १५ गतेदेखि रोकिएको प्रदेश सभा बैठक शुरू हुन सकेको थिएन । सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव विचाराधीन अवस्थामा रहेको छ । १५ गते उक्त अविश्वास प्रस्तावउपर मतदान गर्ने मिति तोकिएको थियो । तर मतदानकै दिन जनमोर्चाका सांसद बेपत्ता भएपछि दलकी सचेतक पियारी थापाले सांसदको खोजि गरिपाऊँ’ भन्दै निवेदन दिएकी थिइन्। थापाको निवेदनपछि सभामुख नत्रनाथ अधिकारीले अनिश्चित कालका लागि सदन स्थगन गरेका थिए ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २८ जना सांसदले हस्ताक्षर गरेका छन् । अविश्वास प्रस्तावलाई जनमोर्चाले पनि साथ दिने निर्ण गरेको छ ।

सभामा नेकपा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रको सभामुखसहित १२, जसपा २, जनमोर्चा ३ र एक जना स्वतन्त्र सिट छ । स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ ले अहिलेकै सरकारलाई समर्थन गर्ने बताइसकेका छन् । उनी १६ गते खेलकुद तथा युवामन्त्री नियुक्त भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);