बागमती प्रदेशका मुख्य सचेतकमा निरौला चयन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

बागमती प्रदेशका मुख्य सचेतकमा निरौला चयन

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेशका मुख्य सचेतकमा दीपक निरौलालाई चयन भएका छन। सचिवालयका अनुसार निरौलालाई यही वैशाख १७ गते नै मुख्य सचेतकमा मनोनयन गरिएको थियो ।

निरौलालाई एमाले बागमती प्रदेशका संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमाले संसदीय दलको विधान २०७७ को दफा १३ बमोजिम मनोनयन गरेका हुन् । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रदेशसभा सदस्यमा निर्वाचित निरौला एमाले काठमाडौँ जिल्ला कमिटीका सचिवसमेत हुन् ।

निरौलालाई मुख्य सचेतकमा मनोनयन गरिएको जानकारी प्रदेशसभा सचिवालयलाई बिहीबार दिइएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । एमालेका तत्कालीन मुख्य सचेतक केशवराज पाण्डे प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्री भएपछि रिक्त पदमा निरौलालाई चयन गरिएको प्रदेशसभा सचिवालयलाई दलले बुझाएको पत्रमा उल्लेख गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);