नेकपा संसदीय दलको प्रमुख सचेतकमा अधिकारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

नेकपा संसदीय दलको प्रमुख सचेतकमा अधिकारी

gandaki

काठमाडौं, २५ पुस । गण्डकी प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)संसदीय दलको प्रमुख सचेतक र सचेतक चयन गरेको छ ।

नेकपा कास्कीको जिल्ला पार्टी कार्यालयमा आज साँझ अबेर सम्पन्न संसदीय दलको बैठकले प्रमुख सचेतकमा मायानाथ अधिकारी र सचेतकमा गायत्री गुरुङलाई चयन गरेको प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले जानकारी दिए ।

साविक नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछि दलको नेतामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ चयन भइसकेका थिए । नेकपामा दलको उपनेता र संसदीय बोर्डको गठन गर्न बाँकी छ ।

अधिकारी यसअघि पनि नेकपा एमालेका तर्फबाट दलको प्रमुख सचेतक थिए भने गुरुङ माओवादीका तर्फबाट प्रमुख सचेतक रहेका थिए ।

दलको बैठकमा सरकारको काम कारवाही, अन्तरप्रदेश समन्वय परिषद्को हालै सम्पन्न भएको बैठकका निर्णय लगायतका विषयमा दलका नेतासमेत रहेका मुख्यमन्त्री गुरुङले सदस्यलाई जानकारी गराएका सदस्य बरालले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);