बम्जन आश्रममा अनुयायी हत्या आरोपः अनुसन्धान जिम्मा सिन्धुपाल्चोक प्रहरीलाई | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बम्जन आश्रममा अनुयायी हत्या आरोपः अनुसन्धान जिम्मा सिन्धुपाल्चोक प्रहरीलाई

ram-bahadur-bamjan

काठमाडौं, २५ पुस । बाँडेगाउँस्थित रामबहादुर बम्जनको आश्रममा भएको सन्चलाल तामाङ हत्या घटनाको अनुसन्धान गर्ने जिम्मेवारी सिन्धुपाल्चोक प्रहरीले पाएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

पीडित परिवारले दिएको जाहेरी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा दर्ता भएपछि अनुसन्धानको जिम्मेवारीसमेत उसैले पाएको हो । मकवानपुर हेटौँडा घर भएका सन्चलालका छोरा महेन्द्रले बम्जनको सिन्धुपाल्चोक आश्रममा बाबुको हत्या भएको भन्दै बुधबार जिल्ला प्रहरी कार्यालय (मकवानपुर) मा उजुरी दिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);