नेपालमा बरामद भएका अढाइ लाख किलो रक्तचन्दन भारतले फिर्ता नलगेपछि... | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपालमा बरामद भएका अढाइ लाख किलो रक्तचन्दन भारतले फिर्ता नलगेपछि…

raktachandan

काठमाडौं, २५ पुस । नेपालमा बरामद भएका रक्तचन्दन भारतले फिर्ता नलगेपछि त्यसको व्यवस्थापन गर्न समस्या भएको छ । प्रहरी र वन विभागले समातेका झण्डै अढाइ लाख किलो रक्तचन्दनको सुरक्षा र व्यवस्थापनमा करोडौँ खर्च भइरहेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

अवैध तरिकाले भित्रिएका रक्तचन्दन समातिएपछि सम्बन्धित देशमै फिर्ता गर्नुपर्ने प्रावधान छ । त्यसैअनुसार सरकारले पटकपटक ताकेता गरे पनि भारतले लगेको छैन ।

बरामद लोपोन्मुख जडीबुटी सम्बन्धित स्थानमै फिर्ता गर्नुपर्ने अन्तर्राष्ट्रिय  कानुन र महासन्धिको प्रावधानअनुसार मन्त्रिपरिषद्ले फिर्ता दिने निर्णय गरेको थियो ।

फैसला भइसकेका मुद्दाका रक्तचन्दन फिर्ता लैजान भारतलाई पत्राचार गरेपनि नलगेकाले वन विभाग परिसरमै राखिएका विभागको साइटिस शाखा अधिकृत डम्बर भण्डारीले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);