तस्करीका २ लाख किलोभन्दा अधिक रक्तचन्दन नेपालमा अलपत्र ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

तस्करीका २ लाख किलोभन्दा अधिक रक्तचन्दन नेपालमा अलपत्र ( भिडियो रिपोर्ट )

सन्दीप रिजाल \ माउण्टेन टेलिभिजन एचडी। 

काठमाडौँ, पौष २०। बहुउपयोगी र बहुमुल्य काठ रक्तचन्दन समून्द्री सतहदेखि एक हजार मिटर सम्म पाईन्छ । भारतमा बढी पाइने यसको तस्करी हुँदै आएको छ। रक्तचन्दन तस्करहरुले नेपाली भूमि प्रयोग गर्दै भारतबाट चीनसम्म लाने गतिविधि एकताका निकै भयो । यस क्रममा नियन्त्रणमा लिइएको मध्ये २ लाख २७ हजार ५ सय ४१.२९ किलो रक्तचन्दनको काठ नेपालमा अलपत्र अवस्थामा छ। २०६४ साल यता विभिन्न समयमा तस्करले चीन लैजाँदै गर्दा नियन्त्रणमा लिइएका हुन् ।

सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तरराष्ट्रिय व्यापारलाई नियमन तथा नियन्त्रण गर्न बनेको ऐन, २०७३’ अनुसार कार्यविधि पूरा नभई पैठारी भएकोे सङ्कटापन्न वनस्पति जुन मुलुकबाट पैठारी भएको हो सोही मुलुकमा फिर्ता पठाउनु पर्ने व्यवस्था छ।

सोही व्यवस्थाले गर्दा अहिले नेपालमा नियन्त्रणमा राखिएका रक्तचन्दनका काठहरु भारत नै फिर्ता पठाउनु पर्छ।

तर, भारतले फिर्ता लैजान ढिलाई गर्दा रक्तचन्दन झन् असुरक्षित बनेको छ । वन तथा भू–संरक्षण विभाग यसरी विभिन्न समयमा नियन्त्रणमा लिइएका काठहरु वन तथा भू–संरक्षण विभाग सहित, चितवन, सर्लाही, दोलखा, झापा, नवलपरासी, ताप्लेजुङ्ग, कपिलवस्तु, धाधिङ्ग, तेह्रथुङ, रसुवा, रुपन्देही, बझाङ, काभ्रेपलाञ्चोक, भक्तपुर, सिन्धुपालचोक, ललितपुर, गोर्खा, संखुवासभा, सप्तरी र काठमाडौं गरेर २० जिल्लामा राखिएका छन्।

जसमध्ये २ लाख ११ हजार ५४ केजी भारत नै फर्काउने अदालतले फैसला गरेको छ। अझै १६ हजार ४ सय ८७.२९ केजी काठको बिषयमा फैसला हुन बाँकी छ । हाल सम्म २०६५ माघ २ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार ३६ हजार ९२८ किलो रक्तचन्दन भारतले फिर्ता लगिसकेको छ । त्यसपछि मन्त्रिपरिषद्बाट २०७१ फागुन १२ गते निर्णय भएको २७ हजार १६६ किलो रक्तचन्दन भारतले फिर्ता लैजाने भनेपनि लगेन । नेपाल सरकारबाट पहल भएपनि भारतले काठ लैजान विभिन्न बहाना गर्दै आएपछि नेपाललाई भालुको कम्पट सावित भएको छ।

कुनै बेला चीनतिर अवैधरुपमा लैजाँदै गरेको अवस्थामा दिनहुँजस्तै रक्तचन्दन बरामद हुने गथ्र्यो । यसमा कडाइ गरिएपछि हाल भने रक्तचन्दनको तस्करी बन्द भएको छ । तर बरामद भएको रक्तचन्दन १५ बर्ष सम्म पनि भारत फिर्ता नहुँदा सुरक्षा चुनौतीसँगै उक्त काठ निल्नु न ओकल्नु भएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);