बहुउदेश्यीय सभाहल लागुऔषध सेवनकर्ताको अखडा बन्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

बहुउदेश्यीय सभाहल लागुऔषध सेवनकर्ताको अखडा बन्दै

जुम्ला, १९ पुस । जुम्ला सदरमुकाममा रहेको निर्माणाधीन बहुउदेश्यीय सभाहल लागुऔषध सेवनकर्ताको अखडा बनिरहेको छ । जिल्लाकै गौरवको आयोजना मानिएको सभाहल निर्माण पुरा नहुँदा बेवारिसे बनेको हो ।

सभाहलमा बिहानदेखि नै लागु औषध प्रयोगकर्ताहरूको चहलपहल सुरू हुन्छ । त्यसमध्ये अधिकांश विद्यालयस्तरमा पढ्ने विद्यार्थी हुने गरेको स्थानीयको भनाइ छ । तत्कालिन शान्ति तथा पूननिर्माण मन्त्रालयले जिविस, जिल्ला प्राविधिक कार्यालयमार्फत आर्थिक वर्ष २०७१/०७२ मा आयोजना सम्झौता गरी निर्माण थालिएको थियो । सम्झौताअनुसार ६ भदौ ०७४ मै सभाहल हस्तान्तरण भैसक्नु पर्ने हो ।

भवन निर्माणमा कसैको ध्यान नजाँदा लागुऔषध दुव्यैसनीको अखडा बनेको पत्रकार महासंंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाही बताउँछन् । विद्यालय पोसाकमै बालबालिकाले लागुपदार्थ सेवन गर्दा पनि रोक्ने कोही नहुने उनको भनाइ छ ।

यसअघि जिल्ला प्रहरी जुम्लाले केही युवालाई नियन्त्रणमा लिएर सोधपुछ गरी अभिभावको जिम्मा लागाएको थियो । दुईजनालाई त प्रहरीले केही दिनअघि प्रकाउ समेत गरेको जनाएको छ ।

सभाहल निर्माण नसकिए पनि यहाँका अन्य भौतिक संरचना भने भत्किन समेत थालेका छन् । लामो समयदेखि सभाहल अलपत्र भए पनि जनप्रतिनिधि र कर्मचारीले निर्माण गर्न पहल गरेका छैनन् ।

जुम्लामा एक नगरपालिका र सात गाउँपालिका छन् । एउटा जिल्ला समन्वय समिति छ । नगर र गाउँपालिका प्रमुख विकास निर्माणमा लगिरहेको बताइरहेका छन् । ०७४ सालमा निर्वाचित समन्वय समितिका प्रमुख लालबहादुर सार्की र उपप्रमुख कार्मा बुढाले अलपत्र सभाहल निर्माण हुन्छ र पहल गरेका छौँ भनेको पनि वर्षौ बितिसक्यो । उनीहरूको पदावधी सकिएयो तर अलपत्र सभाहल उस्तै छ ।

३० वैशाख ०७९ मा दोस्रोपटक पनि स्थानीय तहको निर्वाचत भएको छ । निर्वाचित भएका जिल्ला समन्वय प्रमुख गौरीनन्द आचार्य र उपप्रमुख जनक थकालीले पनि सभाहल निर्माण गर्न प्रतिबद्धता जनाएका छन् । तर अहिलेसम्म ५८ प्रतिशत मात्र काम सकिएको छ । ६ करोड १९ लाख ४९ हजार ६०६ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौता रकममध्ये तीन करोड ५९ लाख २५६ रुपैयाँ खर्च भइसकेको छ । उक्त भवनको निर्माण जिम्मा आशिष र थेगिम जेभी धनगढीले लिएको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);