"लागुऔषधलाई अपराध भन्दा पनि नियन्त्रणको उपाय जरुरी छ" : उपसचिव पौडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

“लागुऔषधलाई अपराध भन्दा पनि नियन्त्रणको उपाय जरुरी छ” : उपसचिव पौडेल

सर्लाही, ७ फागुन । गृह मन्त्रालय लागुऔषध नियन्त्रण महाशाखाका प्रमुख उपसचिव शालिग्राम शर्मा पौडेलले लागू औषधको नियन्त्रणका लागि अब आउने कानुन स्थानीय सरकारलाई ठुलो जिम्मेवारी आउन लागेकोले स्थानीयतहका प्रमुखलाई तयार रहन जानकारी गराउनुभयो । लागू औषधलाई अपराध भन्दा पनि यसका रोकथाम र नियन्त्रणका उपचारमा जुट्न आग्रह गर्नु भयो ।

साथै उहाँले कसरी कमाउने र समाजलाई कसरी बचाउने कुरामा सबै नागरिक र स्थानीय सरकार विच बहस हुन जरुरी रहेको उहाँको भनाइ छ । गृह मन्त्रालय अन्तर्गत लागुऔषध नियन्त्रण शाखाले शुक्रवार सर्लाही जिल्लाको सदरमुकाम मलंगवामा लागुऔषध नियन्त्रण तथा अपराध न्युनिकरण सम्बन्धि कार्यक्रमको आयोजना गरि लागुऔषध गाँजा खेती नष्ट ,उत्पादन ,प्रयोग,संचय र ओसारपसार नियन्त्रणको सम्बन्धमा नियमन निकाय र सरोकारवालाहरु बिच अन्तरक्रिया गरेको छ ।

भारत सँग जोडिएका अन्तराष्ट्रिय सीमा क्षेत्रमा अवस्थित जिल्लाहरुमा लुकी छिपी लागुऔषधको ओसारपसार बढी हुने भएकाले न्युनीकरण गर्न निकै समस्या भएकोले यसको नियन्त्रणका लागि ठुलो प्रयासहरु भएपनि दुर्व्यसनीहरु छिमेकी ९भारत देशमा गई लागुऔषध प्रयोग गरेर आउने भएकाले लागुऔषध न्युनीकरण गर्ने कार्य चुनौती रहेको सर्लाही प्रहरी प्रमुख एसपी संतोष सिंह राठौरले बताउनु भयो ।

सर्लाही र सिन्धुली जिल्लाको सिमानामा पर्ने चुरे तथा विकट क्षेत्रको नारायणखोलामा व्यापक मात्रामा गाँजाको खेती हुने गरेको एसपी राठौरले बताउनुभयो । जिल्लामा सबैभन्दा धेरै नाइट्रोभेट नामक लागुऔषध भित्रने गरेको र यसमा युवाहरूको संलगता रहेको कार्य प्रगति र अबको चुनौतीको बारेमा बिचार राख्नु भयो । नेपालमा लागुऔषध नपाइए पनि दुर्व्यसनमा लागेका युवायुवतीहरु भारतमै गएर प्रयोग गर्ने गरेको कार्यक्रममा सहभागीहरुको भनाई छ ।

कार्यक्रममा बक्ताहरुले लागुऔषधको न्युनिकरणमा सबै क्षेत्रको ध्यान जानु आवश्यक रहेको बताएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीको समन्वयमा आयोजना गरिएको कार्यक्रममा मन्तव्य राख्ने क्रममा कार्यक्रमका सहभागीहरुले उक्त कुरामा जोड दिएका हुन । मुख्यगरी बेरोजगार युवाहरु यस्ता दुर्व्यदनको सिकार हुने गरेका छन् ।

५ बर्षमा सबै स्थानीयतहमा सचेतनाको कार्यक्रम पुर्याउने लक्ष्य रहेको गृह मन्त्रालय अन्तर्गत लागुऔषध नियन्त्रण शाखाका शाखा अधिकृत एवं उपसचिव अर्जुन भण्डरीको भनाइ छ । साथीहरुको संगतले र अभिभावकको सन्तान प्रतिको निगरानीमा कमीका कारण पनि युवायुवतीहरु लागुऔषधको कुलतमा फस्ने गरेको बताउनुभयो ।

गृह मन्त्रालय लागुऔषध नियन्त्रण महाशाखाका प्रमुख उपसचिव शालिग्राम शर्मा पौडेलको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा सुरक्षा निकायका प्रमुख,स्थानीय तहका प्रमुख ,औषधि व्यवसायी ,सरोकारवाला सुरक्षा प्रमुख प्रतिनिधि तथा संचारकर्मीहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);