लागुपदार्थ सेवनको कारण समाजमा अपराध बढे : गृहमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

लागुपदार्थ सेवनको कारण समाजमा अपराध बढे : गृहमन्त्री

Home-minister-badal-ram-bahadur-thapa

काठमाडौं, २९ भदौ । गृह मन्त्रालयले लागुपदार्थ सेवनका कारण समाजमा अपराध बढेको भन्दै लागूऔषध नियन्त्रण अभियान सुरु गर्न लागेको छ । शुक्रवार गृहमन्त्री रामबहादुर थापाले एक कार्यक्रममा सरोकारवालाहरुसँग छलफल गर्दै यस्तो बताएका हुन् ।

छलफलमा गृहमन्त्री थापाले समाजमा भएका हत्या, हिंसाका घटना बढ्नुमा लागुपदार्थको सेवन मुख्य कारण भएको भन्दै युवा शक्तिलाई समेत यसले ध्वस्त बनाएको बताए ।

उनले पछिल्लो समय बढेको महिला हिंसा, बलात्कार र अन्य अपराध समेत लागुऔषध र मदिरा नैं कारण देखिएको उनको ठम्याइ छ ।

गृहसचिव प्रेमकुमार राईले लागूऔषध नियन्त्रणका लागि धेरै प्रयास र सचेतनामुलक अभियान संचालन गरेपनि प्रभावकारी हुन नसकेको भन्दै स्थानीय सरकारले बलियो अभियान थाल्नुपर्ने बताए ।

सरकारले केही समयपछि सुरु गर्ने अभियानका लागि सरोकारवालासँगको छलफल सुरु गरेको हो । शुक्रबार गृहमन्त्री थापाले संसदमा समेत लागुऔषध र मदिरा नियन्त्रणका लागि विशेष अभियान नै संचालन गर्न लागेको बताएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);