पूँजीवादले अपराध बढाएको गृहमन्त्री थापाको दावी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

पूँजीवादले अपराध बढाएको गृहमन्त्री थापाको दावी

grihamantri badal

काठमाडौं, १० असोज । गृहमन्त्री रामबहादुर थापाले पूँजीवादले बलात्कारका घटना बढेको बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री थापाले पूँजीवादले महिलालाई नाफा कमाउने मालको रुपमा बिक्री गर्ने गरेको बताए ।

गृहमन्त्री थापाले अमेरिका भारतसहितका राष्ट्रमा समेत यस्थो हुने गरेको भन्दै मुल समस्या पूँजीवाद भएको बताए । उनले दलाल पूँजीवाद हाबी भएको र आत्मनिर्भर अर्थतन्त्र नभएकोले बलात्कारका घटना निम्ति नेगरेको बताए ।

गृहमन्त्री थापाले अपराध नियन्त्रणका लागि वर्तमान सामाजिक तथा आर्थिक आधार भत्काउनु पर्ने बताए । उनले सरकार एक्लैले यी सबै काम गर्न नसक्ने भन्दै जनताले साथ दिनुपर्ने बताए । उनले अनियन्त्रित मदिरा, लागूऔषध र नयाँ प्रविधिले पनि अपराध बढिरहेको बताए ।

समितिमा सांसदहरुले सांसदहरुले बलियो सरकार हुँदासमेत हत्या, हिंसा, बलात्कारका घटना कम हुन नसकेको भन्दै मन्त्रीलाई प्रश्न सोधेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);