बलात्कारका विषयको अभिव्यक्तिले केही अलमल निम्त्याएको गृहमन्त्री थापाको भनाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बलात्कारका विषयको अभिव्यक्तिले केही अलमल निम्त्याएको गृहमन्त्री थापाको भनाई

rambahadur thapa

काठमाडौं, १९ असोज । गृहमन्त्री रामबहादुर थापाले महिला हिंसा र बलात्कारका घटनाका विषयको अभिव्यक्तिले केही अलमल निम्त्याएको बताउनुभएको छ ।विश्वको तुलनामा नेपालमा बलात्कार र महिलाहिंसाको अवस्था चिन्ताजनक छैन भन्ने अभिव्यक्ति विवादमा आएपछि थापाले आफ्नो अभिव्यक्तिले अलमल निम्त्याएको थापाले बताउनुभएको हो ।

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा सोमबार भएको छलफलमा गृहमन्त्री थापाले अभिव्यक्तिलाई घुमाउरो पाराले सच्याउनु भएको छ। सोमबार समिति भएको छलफलमा सांसदहरुले अन्य देशको तुलना गरी नेपालको अवस्था चिन्ताजनक छैन भन्न नहुने बताएपछि गृहमन्त्री थापाले आफुले अब सजगता अपनाउने बताउनुभयो ।

समिति छलफलमा गृहमन्त्री थापाले नेपालमा कोरोनापछि बलात्कारका घटना वृद्धि भइरहेको पनि बताउनुभयो । विगत वर्षहरुको तथ्याङ्क हेर्दा यो वर्ष घटनाहरु बढ्न सक्ने उहाँले बताउनुभयो । सांसद उदया शर्मा पौडेलले प्रतिदिन ७ जना महिला बलात्कारको शिकार हुने तथ्याङ्क रहेकोमा गृहमन्त्रीले आत्तिनुपर्ने अवस्था छैन भनेर भन्न नहुने बताउनुभयो ।

सांसद राम लखन चमारले उत्पिडन वर्गले प्रहरी प्रशासनबाट अपेक्षाकृत न्याय पाउन नसके भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । सांसद इन्दु कडरियाले महिला हिंसाका घटना बढ्न थालेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । गृहमन्त्री थापाले महिला हिंसाका घटना न्यानिकरणका लागि सरकार गम्भिर रहेको बताउनुभएको छ ।

पछिल्लो समय देशका विभिन्न ठाउँमा महिलामाथि हुने हिंसाका घटनाहरु बढीरहेका छन् । विगत वर्षहरु भन्दा यो वर्ष यता घटनाहरु बढ्ने सक्नेतर्फ संकेत गर्दै थापाले कोरोनाको समयमा महिला हिंसाका घटनाले बढोत्तरी पाएको बताउनुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);