व्यवस्था विरोधी, संविधान विरोधी र सरकार विरोधी शक्तिहरु सक्रिय भएका छन् : गृहमन्त्री थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

व्यवस्था विरोधी, संविधान विरोधी र सरकार विरोधी शक्तिहरु सक्रिय भएका छन् : गृहमन्त्री थापा

Ram bahadur thapa-manavbech bikhan

काठमाडौं, २९ मंसिर । गृहमन्त्री रामबहादुर थापाले व्यवस्था विरोधी, संविधान विरोधी र सरकार विरोधी शक्तिहरु सक्रिय भएको बताउनुभएको छ । सोमबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै गृहमन्त्री थापाले कोभिडका कारण उत्पन्न भएको संकटबाट संविधान विरोधी र अहिलेको व्यवस्था विरोधीहरु सक्रिय भएको बताउनु भएको हो ।

उहाँले अहिलेको प्रणाली र संविधानलाई नै उल्ट्याउने अवसर आएको निष्कर्ष सहित राजावादीहरु समेत सक्रिय भएको बताउनुभयो । यस्तै सरकार विरोधीहरुले सरकारलाई विस्तापित गर्न सकिन्छ की भन्ने प्रयास गरिरहेको पनि बताउनुभयो । यसै सन्दर्भमा प्रमुख प्रतिपक्षी दलले समेत देशव्यापी रुपमा सरकार विरोधी प्रदर्शन गरेको बताउनुभयो । तर पनि सरकारलाई कसैले विस्तापित गर्न नसक्ने गृहमन्त्री थापाले बताउनुभयो ।

राजावादीहरु गणतन्त्रलाई विस्तापीत गरी राजतन्त्रलाई पुनस्थापित गर्न चाहने र विप्लव माओवादीहरु समाजवादी क्रान्ती गर्ने भाषा लिएर अगाडी बढेको बताउनुभयो । पार्टी भित्र देखिएको विरोध स्वभाविक भएको पनि गृहमन्त्री थापाले बताउनुभयो ।

पार्टी भित्र बसेर सरकारलाई कमजोर बनाउने काम भइराखेको अवस्थामा स्थायी कमिटी बैठक बसेको र त्यहीबाटै समस्या समाधान हुने पनि उहाँले बताउनुभयो । गृहमन्त्री थापाले पार्टी फुट्ने भन्दापनि थप मजबुत बनेर जाने बताउनुभयो ।  

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);