संविधान विरोधी गतिविधि भईरहेको भन्दै चनाखो रहन सुरक्षा निकायलाई निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

संविधान विरोधी गतिविधि भईरहेको भन्दै चनाखो रहन सुरक्षा निकायलाई निर्देशन

काठमाडौं, २९ माघ । गृहमन्त्री रामबहादुर थापाले संविधान विरोधी गतिविधि संञ्चालन भईरहेको भन्दै चनाखो रहन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा मंगलबार आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १ सय ७८ आंै समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले राजनीतिको नाममा धमिलो पानीमा माछा मार्ने काम भईरहेको भन्दै त्यस तर्फ सचेत हुन प्रहरी संगठनलाई निर्देशन दिए ।

उनले संविधानको मर्म विपरित र मुलुकलाई विखण्डन पार्ने गतिविधि सरकारलाई सैह्य नहुने भन्दै राजनीतिका नाममा हुने अपराधका अतिरञ्जित प्रवृत्ति रोकिनुपर्ने बताए ।

उनले प्रहरी संगठन भित्र राजनीतिक प्रभाव नरहेको दाबी गरे । नीतिगत रुपमा गरिने निर्णय बाहेक कार्यगत तहमा र पेशागत रुपमा कानूनको सर्वोच्चतामा नै प्रहरी संठन क्रियाशिल हुन पाउनुपर्ने उनले स्पष्ट पारे । काम गर्न नसक्दा अपजसमा दबाब र प्रभावलाई बहाना नबनाउन पनि उनले सुझाव दिए ।

कार्यक्रममा प्रहरी प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रविधि र खस्कदो सामाजिक मुल्य मान्यताकाबीच अपराध अनुसन्धान र अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्ने काम आफैमा चुनौतिपूर्ण रहेपनि प्राप्त ज्ञानको अधिकतम प्रयोग गरि कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरुलाई निर्देशन दिए ।

उनले प्रहरी संगठनप्रति जनताको विश्वास अभिवृद्धि गर्न नागरिकका अपेक्षा बमोजिम सेवा प्रधान गर्नुपर्ने आवश्यकता औल्याए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);