अपराध र जवाफहीनता अन्त्यका लागि चुस्त काम गर्न गृहमन्त्रीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

अपराध र जवाफहीनता अन्त्यका लागि चुस्त काम गर्न गृहमन्त्रीको निर्देशन

grihamantri thapa

काठमाडौं, २२ असार । गृहमन्त्री रामबहादुर थापाले अपराध नियन्त्रण र सुशासन कायम गर्ने गरि काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुको तीन नम्बर प्रदेश स्तरीय कार्याशालाको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दे उनले अपराध नियन्त्रणका लागि कडा रुपमा प्रस्तुत हुन प्रहरी प्रशासनलाई निर्देशन दिएका हुन् ।

गृहमन्त्री थापाले सरकारको समृद्धि र विकासको लक्ष्य प्राप्त गर्नको लागि शान्ति सुरक्षालाई प्रभावकारी बनाईने बताए । बैज्ञानिक अनुसन्धान प्रणालीको आवश्यकता रहेको भन्दै न्याय र सुशासनलाई स्थापित गराउन सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ । सुरक्षा क्षेत्रलाई थप सवलिकरण गर्नको लागि विद्यमान ऐन, कानुनको परिमार्जन आवश्यक भएको भन्दै गृह मन्त्री थापाले बिधिको शासन स्थापित गर्नको लागि सरकार प्रतिबद्ध रहेको पनि बताए ।

गृहमन्त्री थापाले अहिले जुनसुकै स्थानमा भ्रष्टाचार बढ्दै गएको भन्दै प्रहरीको अनुसन्धान भ्रष्टाचार नियन्त्रण केन्द्रीत बनाइने बताए । कार्यक्रममा प्रहरी प्रमुख सर्वेन्द्र खनालले सुशासनको लागि नेपाल प्रहरीले पहरेदारी गर्ने बताए ।

आगामी भदौ–१ गतेबाट मुलुकी अपराध आचारसंहिता ऐन लगायत नयाँ फौजदारी कानुन कार्यन्वयनको लागि सरकारले तयारी गरिरहेको छ । दुई दिन सम्म चल्ने कार्याशालामा तीन नम्बर प्रदेशका विभिन्न जिल्लाका प्रहरी प्रमुख, सरकारी वकिलहरु सहभागि छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);