बलात्कार लगायतका अपराध सरकार एक्लैले नियन्त्रण गर्न सक्दैन : गृहमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बलात्कार लगायतका अपराध सरकार एक्लैले नियन्त्रण गर्न सक्दैन : गृहमन्त्री

काठमाडौं, २६ असोज । गृहमन्त्री रामबहादुर थापाले महिला, बालबालीकामाथि भईरहेको हत्या, बलात्कार, हिंसा लगायतका जघन्य अपराधका घटना सरकार एक्लैले नियन्त्रण गर्न नसक्ने बताएका छन् ।

गृहमन्त्री थापाले मुलुकमा बढ्दो महिला, बालबालीकामाथिको हत्या, बलात्कार, हिंसा लगायतका अपराध नियन्त्रण गर्न जनता र सरकार दुवैको संयुक्त प्रयास अनिवार्य रहेको बताएका छन् ।

शुक्रबार गृह मन्त्रालयले आयोजना गरेको महिला हिंसासम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले महिला र बालबालीकामाथि हुने जघन्य अपराधका घटना घटाउन मदिरा सेवन मुख्य कारण रहेकोे स्पष्ट पार्दै त्यसलाई नियन्त्रण गर्न सरकार लागि परेको बताए ।

७० प्रतिशतभन्दा बढि महिला र बालबालीकामाथि हुने जघन्य अपराधको कारण मदिरा सेवन रहेको गृह मन्त्रालयको निष्कर्ष रहेको सुनाउँदै गृहमन्त्री थापाले त्यसलाई नियन्त्रण गर्न सरकार र जनता दुवैले सहकार्य गरेर अघि बढनुको विकल्प नरहेको बताए ।

गृहमन्त्री थापाले मुलुकलाई बिखण्डन गर्न खोज्ने तत्वलाई सरकारले कडा निगरानीमा राखेको स्पष्ट पारे । उनले अझै पनि मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी तत्वले द्वन्द्व निम्त्याउन खोजिरहेको उल्लेख गर्दै त्यसलाई निष्तेज पारेर जनतालाई सुःखी बनाउने गरी सरकारले समृद्धिको अभियानलाई अघि बढाएको बताए । गृहमन्त्री थापाले समृद्धिको बाधकको रुपमा रहेका सबै खालका तत्वलाई परास्त गर्दै अघि बढ्ने दृढता पनि व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);