डडेलधुरामा स्क्रव टाइफसबाट एकको मृत्यु, चार विरामी | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

डडेलधुरामा स्क्रव टाइफसबाट एकको मृत्यु, चार विरामी

डडेलधुरा, २६ असोज । करिव ३ साता अघि देखी डडेल्धुराको अजयमेरु गाउँपालिकाको वडा नम्बर ४ मा देखिएको स्क्रव टाईफस रोगको संक्रमण विस्तारै फैंलदै गएको छ । अजयमेरु गाउँपालिकाकोे भुलकुडा, लेटम, र खतेडा गाउँ सहित नवदुर्गा गाउँपालिकाको ढिलेलीमा स्क्रव टाईफसको संक्रमण देखा परेको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।

स्क्रव टाईफस रोगवाट संक्रमण भएका तीन जना विरामीको उप क्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भईरहेको छ भने एक जनाकोे काठमाडौं उपचार भइरहेको उनका आफन्तले बताएका छन् ।

गाउँपालिकामा स्क्रव टाईफस रोगको संक्रमण बढ्दै गएपछि अजयमेरु गाउँपालिकाले विरामीको निशुल्क उपचारको समेतको तयारी गरिरहेको छ । स्क्रव टाईफस रोगको लक्षण देखा परेमा तुरन्त उपक्षेत्रीय अस्पतालमा चेकजाँच गराउन स्थानीयवासीलाई अध्यक्ष उमेश भटट्ले अनुरोध गरेका छन् ।

उडुस र उपियाँवाट सर्ने यस रोगबाट बच्नको लागी घर –घरमा सरसफाईका साथैै सामान्य ज्वरो आउँदा स्वास्थ्य संस्थामा उपचारका लागि आउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । स्क्रव टाईफस रोगकै कारण डडेल्धुरामा असोज ३ गते एक जनाको मृत्यु समेत भईसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);