स्क्रव टाईफस रोगबाट डडेल्धुरामा एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

स्क्रव टाईफस रोगबाट डडेल्धुरामा एकको मृत्यु

डडेल्धुरा, २२ असोज । स्क्रवटाईफस रोगवाट डडेल्धुरामा एक जनाको मृत्यु भएको छ भने एक जना संक्रमित भएको भेटिएको छ । मृत्यु हुनेमा डडेल्धुरा अजयमेरु गाउँपालिका ४ भुल्कुडाकी २२ वर्षीया सरस्वती भट्ट रहेको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । उनकी आमा ५० की हरिना देवी भट्ट स्क्रव टाईफस रोगवाट संक्रमित भएको आफन्त केशव भट्ट्ले जानकारी दिए ।

५०बर्षिया हरिना देवी भट्टको उप क्षेत्रीय अस्पताल डडेल्धुरामा जाँच गर्दा स्क्रव टाईफस रोगवाट संक्रमित भएको पाइएकाले उनलाई पनि थप उपचारका लागि धनगढी रेफर गरिएको अस्पतालले जनाएको छ ।

स्क्रव टाईफस सरुवा रोग भएकाले सचेत रहन जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले आग्रह समेत गरेको छ । स्क्रवटाईफस रोग लागेमा उच्च ज्वरो आउने, मांस्पेसी दुख्ने, जिउमा रातो दाग देखा पर्ने, टाउको धेरै दुख्ने लक्षण हुने चिकित्सकले वताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);