कैलाली र कञ्चनपुरमा औलो रोगको सतर्कता | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

कैलाली र कञ्चनपुरमा औलो रोगको सतर्कता

तेज बोहरा

कैलाली, २० असोज । भारतको बरेलीमा औलोका कारण ५४ जनाको मृत्यु भएपछि कैलाली र कञ्चनपुरमा सतर्कता अपनाइएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले कञ्चनपुरको गड्डा चौकीमा ‘हेल्थ डेस्क मार्फत रोग फैलिन नदिन सतर्कता अपनाएको छ ।

कैलाली र कञ्चनपुर क्षेत्र भारतीय सीमा नजिक भएकाले औलोको जोखिम बढ्ने देखिएपछि स्वास्थ्यकर्मीहरुले स्थानीयहरुलाई सचेत रहन आग्रह गरेका हुन् । शुक्रबार जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीको आकस्मिक बैठक बसेर जिल्लाको सीमा नजिक ‘हेल्थ डेस्क’ स्थापना गर्ने निर्णय गरेको छ ।

कैलालीको धनगढी स्थित गौरीफन्टा नाका र टीकापुरको खक्रौला नाकाका साथै कञ्चनपुरको गड्डा चौकीमा ‘हेल्थ डेस्क’ राखिने छ । यस्तै, बैठकले रोगलाई फैलन नदिन लक्षण देखिएका व्यक्तिहरुलाई उपचारको पहुँचमा ल्याउने, स्थानीय सञ्चार माध्यमबाट सूचना प्रवाह गर्ने, बढी भिडभाड भएका क्षेत्रमा जनचेतनामुलक कार्यक्रम समेत संचालन गरिएको छ।

प्रदेश स्वास्थ्य निर्देशानालयले लामखुट्टेबाट सर्ने भएकाले सबै स्थानीयहरु सचेत हुन समेत आग्रह गरेको छ । घर–आँगन सफा राख्ने, राति सुत्दा झुलको प्रयोग गर्ने, घरको वरिपरि पानी जम्न नदिने, लामखुट्टे भगाउन धुपको प्रयोग गर्ने लगायतका क्रियाकलाप गर्न समेत स्थानीयसँग स्वास्थ्य निर्देशानालयले आग्रह गरेको छ ।

कैलाली जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा भदौ र असोज महिनामा बरेलीबाट आएका ९ जना औलोको बिरामी फेला परेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);