कम उमेरमै किन हुन्छ पक्षाघात? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कम उमेरमै किन हुन्छ पक्षाघात?

heart-attack

काठमाडौं, २० असोज । शरीरको एउटा भाग नचल्नु, बोली लरबरिनु प्यारालाइसिसका लक्षण हुन् । यसलाई नेपालीमा पक्षाघात भनिन्छ। पछिल्लो समय हाम्रो जीवनशैलीमा आएको परिवर्तनले प्यारालाइसिस समस्या बढ्दै गएको चिकित्सक बताउँछन्।

काठमाडौंस्थित वीर अस्पतालमा मात्र हरेक वर्ष यो रोगका बिरामी सात सयदेखि आठ सयसम्म आउने गरेको तथ्यांक छ । पक्षाघातका कारण बेहोस भएर, एउटा खुट्टा या हात नचल्ने भएर, मुख बांगो भएर बिरामीहरू अस्पतालको आकस्मिक कक्षमा आउने गरेका छन् । पहिलो चरणको उपचारपछि यस्ता बिरामीको बाँकी उपचार बहिरंग विभागबाट हुने अस्पतालले जनाएको छ।

पछिल्लो समय पक्षाघातका बिरामी बढिरहेको अस्पतालका न्युरोलोजी विभाग प्रमुख डा. सुनिल कोइराला बताउँछन्। उनका अनुसार वीर अस्पताल आउने नसाका बिरामीमध्ये ५० प्रतिशत पक्षाघातकै छन्।

युवा उमेरमै पक्षाघात
वीर अस्पतालका न्युरोलोजिस्ट डा. सुनिल कोइरालाका अनुसार पछिल्लो समय हाम्रो जीवनशैलीमा आएको परिवर्तनका कारण पक्षाघात समस्या बढेको हो । उनी भन्छन्, ‘पहिला, धनी मानिस र वृद्धा अवस्थाको रोग भनेर चिनिन्थ्यो, अहिले सबै वर्ग र उमेरका मानिसमा देखिन्छ।’

तनावयुक्त जीवनशैली, अनियन्त्रित मधुमेह, बढी चिल्लो र गुलियो पदार्थको बढी सेवन, शारीरिक श्रम कम, कोठामै बसेर गर्ने काम बढी हुनाले मोटोपन बढेर पक्षाघातको जोखिम पनि बढेको चिकित्सक बताउँछन्।

‘एक पाइलाको बाटोमा पनि मोटरै चढ्ने चलन, अस्वस्थ खानपानको त कुरै नगरौं,’ काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल, न्युरोलोजी विभागका प्रमुख डा.जगदीशचन्द्र अग्रवालले भने।

चिकित्सकका अनुसार विशेष गरी मोटोपना बढेका मानिसमा मतिष्काघात हुने गरेको छ । ‘यही कारणले पक्षाघात पनि बढेको हो,’ डा.कोइरालाले भने । उनका अनुसार एक दशकयता यो रोग ह्वात्तै बढेको छ । ‘पहिलाका मानिस हिंड्थे व्यायाम हुथ्यो,’ उनले भने । पहिला चिल्लो र रक्सी खाए पनि शारीरिक श्रमका कारण रगतमा बोसो जम्न पाउँदैथ्यो।

पक्षाघातका सुरुवाती लक्षणहरू
– मोटोपना बढ्नु
– कोलेस्ट्रोल बढ्नु
– मधुमेह र उच्चरक्तचाप बढ्नु
– एकछिन् हातखुट्टा नचल्नु
– टिआइए अट्याक (शरिरको कुनै भागको क्रिया बन्द भई २४ घण्टाभित्र आफै चल्ने )
– शरीरको कुनै भागमा स्टे«स हुन सक्छ
– बोली अस्पष्ट हुने, लरबरिने

कसरी बच्ने?
– जीवनशैली सुधार गर्ने
– उच्चरक्तचाप, मधुमेह र कोलेस्ट्रोल नियन्त्रणमा राख्ने
– रातो मासु सकेसम्म कम खाने
– चुरोट र रक्सी नखाने
– रगतमा रगत जमाउने तत्व छ भने त्यसको उपचार गर्ने
– खानामा फलफूल र सागपातको मात्रा बढाउने
– तनाव नलिने
– तौल नियन्त्रणमा राख्ने

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);