पर्सामा संक्रमण दर घटेको विषयमा शंका गर्नुपर्ने ठाउँ छैन : डा. सिंह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

पर्सामा संक्रमण दर घटेको विषयमा शंका गर्नुपर्ने ठाउँ छैन : डा. सिंह

पर्सा । पर्सा जिल्ला अस्पतालमा पछिल्लो समयमा कोरोना संक्रमितको संख्यामा कमि आएको छ ।

जिल्लामा रहेका अस्पतालमा शंकास्पद संक्रमितहरूको स्वाब नमूना दिने र सोको परीक्षण गर्ने गरिएको छ । जिल्लामा संकलित स्वाब नमूनाको परीक्षण गर्ने र सोही दिन नतिजा सार्वजनिक गर्ने व्यवस्था मिलाईएको छ ।

पछिल्लो समयमा शंकास्पद संक्रमितहरू आउने क्रम कम भएको र यससँगै संक्रमण दर घटेको नारायणी अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहले बताए ।

अघिल्लो पटक कन्ट्याक्ट ट्रेसिङ र यात्रा विवरण अनुसार शंकास्पदको नमूना संकलन गर्ने गरेको भएपनि यसपटक त्यस्तो नभएको बताइएको छ ।

नारायणी अस्पतालमा हुने पिसिआर परीक्षण डेढ सातादेखि निकै घटेसँगै विभिन्न टीकाटिप्पणी सुरु भएको थियो । तर संयोजक डा. सिंह संक्रमण दर घटेको विषयमा शंका गर्नुपर्ने ठाउँ नरहेको बताउँछन् ।

सरकारले खोप अभियान सुरु गरेको र स्वास्थ्य सम्बन्धी सचेतना फैलाउने काम गरेपनि पछिल्लो समय घटेको दर भने परीक्षण घटेकै कारण कम देखिएको भन्ने आरोप भने कम हुन सकेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);